हिन्दि चलचित्रका महानायक अमिताभ बच्चन र उनकी पत्नी जया बच्चाको खाता लन्डन, फ्रान्स, दुबई र पेरिससहित देश विदेशका १९ बैंकमा छ। यसमध्ये ४ बैंकको खाता जया बच्चनको रहेको छ, जसमा ६.८४ करोड रुपैया जम्मा भएको छ। जयाको केवल एक खाता देशभन्दा बाहिर एचएसबीसी बैंक दुबईमा छ, जसमा ६.५९ करोड रुपैया पैसा रहेको छ।
अमिताभको नाममा भने स्कार्पियो, टाटा नानो र एक ट्याक्टर रहेको छ। यी सात सवारीसाधन बाहेक बच्चन परिवारमा अरु ५ महँगो गाडी पनि रहेको छ। बच्चन दम्पति पेन्टीङको शोखिन हुन्। अमिताभसँग ४.४० करोडको र जयासँग ३०.२७ लाख बराबरको पेन्टीङ रहेको छ। अमिताभसँग ९ लाख रुपैयाको कलम छ, जबकी
जयासंग १.४९ लाखको मोबाइल छ।
अमिताभ बच्चानको १५ बैंक खातामा ४७.४७ करोड रुपैयाभन्दा बढीको एएफडी र पैसा रहेको छ। अमिताभको पैसा मुम्बई र दिल्लीको बैंक बाहेक बैंक अफ इन्डियाको पेरिस शाखा, बैंक अफ इन्डियाको लन्डन शाखा र बीएनपी फ्रांसमा छ। यस कुराको खुलासा जया बच्चनले करिब २ महिना अगी राज्यसभाको नामांकन पत्रको साथ दाखिल आफ्नो शपथ पत्रमा गरेकी हुन्।मर्सिडीज देखि लिएर ट्र्याक्टर सहित १२ सवारीसाधन बच्चन परिवारको साथ तिन मर्सेडीज कार सहित १२ सवारीसाधन रहेको छ। जय बच्चनको नाममा ४ ओटा सवारीसाधन रहेको छ,जसमा मर्सेडीज, टोयोटा क्वालिस, पोर्श कैमेन र महिन्द्रा स्कार्पियो समावेश छ।
१०.०१ अरब रुपैया सम्पतिजया बच्चनद्वारा दाखिल शपथ पत्रको अनुसार उनको र अमिताभ बच्चनको साथमा कुल १०.०१ अरबभन्दा बढीको चल-अचल सम्पति छ। यसमा जयाको नाममा १.९८ अरब र अमिताभको नाममा ८.०३ अरब रुपैया बराबरको सम्पति छ। नामांकनको समयमा अमिताभसँग १,३२,२५७ रुपैया नगद र जयासंग २,३३,९७३ रुपिया नगद थियो।
गहनाको कुरा गर्ने हो भने जयासंग २६.१० करोड र अमिताभसंग ३६.३१ करोडको बहुमुल्य गहना रहेको छ ।
गहनाको कुरा गर्ने हो भने जयासंग २६.१० करोड र अमिताभसंग ३६.३१ करोडको बहुमुल्य गहना रहेको छ ।
त्यस्तै जयासँग ६७, ७९,३१, ५४६ रुपैया र अमिताभसंग १,७१,०४,३५,०२० रुपैयाको चल सम्पति भएको उल्लेख गरिएको छ। शपथ पत्रमा जयाको नाममा १.३० अरबको र अमिताभको नाममा ३.३२ अरब रुपैयाको अचल सम्पति भएको उल्लेख गरिएको छ।
यसमा लखनउ, बाराबंकी, भोपाल, नोएडा, अहमदाबाद, पुणे, गांधीनगर, जूहू (मुम्बई) को जमिन पनि समावेश छ। धनि मान्छेसंग धेरै सम्पतिको साथै धेरै ऋण पनि हुने गर्दछ भनेझै जयामाथि ८७,३४,६२,०८५ रुपैयाको र अमिताभमाथि १८,२८,२०,९५१ रुपैयाको ऋण छ।
No comments:
Post a Comment