रञ्जिता थापा र दिपसागर थापा को राष्ट्रभावको गीत सार्वजनिक By Editorial Team on April 27, 2018 - Sital Chautari .com

ताजा अपडेट



Friday, April 27, 2018

रञ्जिता थापा र दिपसागर थापा को राष्ट्रभावको गीत सार्वजनिक By Editorial Team on April 27, 2018


१४ बैशाख, काठमाडौं । 
 सुमन बैरागीको शब्दमा दिपसागर थापाको संगीत तथा रञ्जिता थापा र दिपसागर थापाले स्वर रहेको गीत नेपाल प्यारो लाग्छ’ लाई नेता श्रेष्ठ र गजलकार डा.बरालले अडियो भिडियो सार्वजनिक गरेका हुन् । देशप्रेम र राष्ट्रभावको गीतहरुलाई समावेश गरिएको गीत ‘नेपाल प्यारो लाग्छ’ लाई प्रमुख अतिथि माओवादी केन्द्रका वरिष्ठ नेता एवं पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ एवं विशिष्ट अतिथि गजलकार, गीतकार डा.कृष्णहरी बरालले संयुक्त रुपमा सार्वजनिक गरेका छन् ।

कार्यक्रममा ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ ज्योतिप्रकाश वि.क., माओवादी केन्द्रका केन्द्रिय सदस्य प्रेम श्रेष्ठ, एसएसपी केबी ब्रम्हचार्य, मित्र नगर टोल सुधार समितिका अध्यक्ष विष्णु पोखरेल, चाँदनी रोधीघरका अध्यक्ष भीम श्रेष्ठ, मेगा टेलिभिजनका प्रमुख बद्री पोखरेल, गोरखा सांस्कृतिक समाजका महासचिव सुनिल लामिछाने लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई शुभकामना दिँदै प्राज्ञ ज्योतिप्रकाशले राष्ट्रिय भावको गीतले पक्कै पनि देशप्रतिको जिम्मेवारी बोध गराउने बताउँदै शब्द, संगीत, स्वरसँगै भिडियो पनि उत्कृष्ट भएको बताएका थिए । चाँदनी रोध नाचघरका अध्यक्ष भीम श्रेष्ठले दीपसागर थापाका गीतहरुले आफूलाई प्रभावित बनाएको बताउँदै गायक गायिको उत्कृष्टतासँगै सबै पक्ष सशक्त बनेको बताएका थिए ।
गीतको समिक्षा गर्दै गजलकार डा.कृष्णहरि बरालले राष्ट्रभाव र राष्ट्रभक्ति गीतको बारेमा प्रष्ट पार्दै समग्र दशको यथार्थ धरातलमा रहेर शब्द सिर्जना भएको बताएका थिए । सुमन बैरागी शब्द सिर्जनामा अब्बल देखिएको बताउँदै देशप्रेमका गीतहरु लोकवेशमा नै सिर्जना गर्नुपर्ने बताएका थिए । गायक दिपसागर थापा र गायिका रञ्जिता थापाको स्वरले पनि गीतलाई आकर्षक बनाएको बताउँदै शब्द अनुसारको दृश्य पनि समावेश भएको हुँदा गीत उत्कृष्ट बनेको बताए ।

कार्यक्रममा उपस्थित अतिथिहरुलाई गायिका रञ्जिता थापाले खादा लगाएर सम्मान गरेकी थिइन् भने अतिथिहरुलाई स्वागत गर्दै गायक एवं संगीतकार दिपसागर थापाले लोकदोहोरीको क्षेत्रमा क्रियाशील हुँदै गर्दा त्यसलाई अलिकति आधुनिकतातर्फ मोडेर राष्ट्रिय भावको गीत सार्वजनिक गरेको बताएका थिए । थापाले माया प्रेमका गीत धेरै नै गाइसकेको हुँदा अब देशप्रति समर्पित रहेका गीतहरुमा पनि हामी अघि बढ्नुपर्ने आजको आवश्यकता भएको बताएका थिए ।त्यसैगरी प्रमुख अतिथि माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले आफू फरकधारको कार्यक्रममा उपस्थित भएको भए पनि राष्ट्रियताप्रति गीतसंगीतबाट जनचेतना फैलाउन सहज हुने बताए । उनले गीतसंगीतबिना समाज निरस हुने बताउँदै समाजका हरेक क्षेत्रमा गीतसंगीतको तागत भएको बताए ।
 गीतसंगीतकै कारण हामी नेताहरुले ठूला ठूला आमसभा सम्पन्न गरेका छौं, नेता श्रेष्ठले भने– ‘गायक आउँदैछ भनेपछि जनता आमसभामा आउँछन् तर नेता मात्रै भन्यो भने पार्टीको कार्यकर्ता मात्रै हुन्छन्, समग्र जनतालाई एकठाउँमा भेल ागर्न गीतसंगीतले महत्वपूर्ण भूमिका खेल्ने गरेको छ ।’ आगामी दिनमा राज्यले गीतसंगीतलाई संरक्षण गर्न र बौद्धिक सम्पत्तिको सम्मान गर्न ध्यान दिनुपर्ने र आफू र आफ्नो पार्टीको तर्फबाट मौलिक गीतसंगीत र परिवर्तनका लागि सुहाउँदा गीतसंगीतका लागि सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा उपस्थित सम्पूर्ण पत्रकारहरुलाई गायक र गायिकाले खादा लगाएर सम्मान गरेका थिए । कार्यक्रम गीतकार सुमन बैरागीले संचालन गरेका थिए भने हेलो क्याफे बागबजारमा कार्यक्रम सम्पन्न भएको थियो ।

No comments: