कण्डमले पनि सुरक्षा दिन नसक्ने चार रोग - Sital Chautari .com

ताजा अपडेट



Saturday, May 19, 2018

कण्डमले पनि सुरक्षा दिन नसक्ने चार रोग

 यौनसँग जोडिएका रोगबाट बच्न कण्डमको प्रयोग गरिन्छ, तर कण्डमले बचाउँन नसक्ने यौनरोग पनि छन् भन्ने सायद तपाईलाई जानकारी नहोला । सावधान रहन जान्नुस् कुन–कुन रोग छन् जसलाई कण्डमले बचाउन सक्दैन ।
हर्पिस्
यदि कुनै व्यक्तिको यौन अंग वरिपरि हर्पिस् अर्थात् दाद रोगसँग जोडिएका समस्या छन् भने त्यसलाई कण्डमले जोगाउन सक्दैन। यौनजोडीमा यो रोग सर्ने सम्भावना बढी हुन्छ । त्यसैले, यस्तो समस्या पूर्ण रुपले ठिक नभई यौन सम्पर्क राख्नु राम्रो मानिदैन ।
१५० भन्दा बढी सम्बन्धित भाइरसहरुको समूह हो । यो ठूलो समूहमा भएका कुनै कुनै भाइरसले छालामा मुसा जस्तो गिर्खो पैदा गराउँछ भने केहीले क्यान्सर सम्मको सम्भावना बढाउँछ । एचपीभी इन्फेक्सन भए मुख, घाँटी र मलद्वारको क्यान्सर हुने सम्भावना हुन्छ। साथै महिलाहरुमा यौनअंगको क्यान्सर हुने सम्भावना रहन्छ । एचपीभी भाइरसको विरुद्ध खोप लगाउन सकिन्छ । यो यौन सम्पर्कको समयमा छाला–छाला सर्ने गर्छ ।
मोलुस्कुम
यो एक भाइरस हो, तपाईको छालामा फोका उत्पन्न गराउँछ । यसले गम्भिर रोग निम्त्याउँदैन, तर यसको कडा दुखाई सहन गाह्रो हुन्छ । यस भाइरसको संक्रमण भएमा यौनाङ्गमा फोका उठ्ने समस्या देखिन्छ ।
सिफिलिस
शुरुमा सामान्य जस्तो देखिने यो रोग भबिष्यमा मुटुको रोग उत्पन्न गराउँने गर्छ र यसले दिमागलाई पनि नराम्रो प्रभाव पार्छ । माथि उल्लेखित रोग तथा भाइरसहरु यदि कसैमा भए छाला–छाला दोस्रो व्यक्तिमा सर्न सक्छ ।

No comments: