डा.उपेन्द्र देवकोटालाई भेट्दै बाबुरामले भने–‘असल मित्रकै रुपमा यो संसारबाट विदा हुनुपर्छ’ - Sital Chautari .com

ताजा अपडेट



Thursday, May 3, 2018

डा.उपेन्द्र देवकोटालाई भेट्दै बाबुरामले भने–‘असल मित्रकै रुपमा यो संसारबाट विदा हुनुपर्छ’


काठमाडौं– पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले  उपचाररत बरिष्ठ न्यूरो सर्जन डा.उपेन्द्र देवकोटासँग भेटेका छन् । विगत लामो समयदेखि अस्वस्थ रहेका डा.देवकोटालाई नेता भट्टराईले राजधानीको बाँसबारीस्थित न्यूरो अस्पतालमा पुगेर भेट गरेका हुन् ।
डा.देवकोटा नेता भट्टराईका बाल्यकाल देखिका साथी समेत हुन् । डा.देवकोटाको स्वास्थ्यस्थितिबारे बुझ्न बिहिबार अस्पताल पुगेका भट्टराईले देवकोटा सँगको भेटलाई स्मरण गर्दै दुवैले पुराना यादहरुको सम्झना गरेको बताएका छन् । भट्टराईले देवकोटा उपचारका क्रममा रहेपनि उनको तीक्ष्ण स्मरण शक्ति र दृढ अठोट यथावत देखेको र उनी सोचेजति गम्भीर विरामी नभएको अनुभूत गरेको जनाउँदै प्रकृतिमा हुने आकस्मिकता र सम्भावनाहरुको नियमहरुले उनी स्वस्थ रहने आशा पलाएको बताएका छन् ।

No comments: