हेर्नुहोस्, रानीवन टु बालुवाटार रेल सुरुङमार्ग ! - Sital Chautari .com

ताजा अपडेट



Thursday, May 3, 2018

हेर्नुहोस्, रानीवन टु बालुवाटार रेल सुरुङमार्ग !


काठमाडौँ । केपी ओली अघिल्लो पटक प्रधानमन्त्री हुँदा धेरै किस्सा चर्चामा आए । आफ्नै पानीजहाज, घरघरमा पाइपलाइनबाट ग्याँस, रेल मार्ग, सुरुङमार्ग र मोनो रेल । उनी प्रधानमन्त्रीबाट हटेलगत्तै ती चर्चा पनि केही सेलाए । 
केपी शर्मा ओलीको यही किस्सालाई यतिबेला काठमाडौं महानगरपालिका वडा नम्बर १६ नर्सरी चोकका जनताले व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरिरहेका छन् । सडकको बीचमा विगत १ वर्षदेखि भ्याङ पर्दा पनि महानगरपालिकाले सडक नबनाएपछि उनीहरूले यसरी व्यङ्ग्य प्रस्तुत गरेका छन् ।
एमालेका अध्यक्षसमेत रहेका केपी शर्मा ओली यतिबेला फेरि प्रधानमन्त्री छन्, त्यो पनि झण्डै दुई तिहाइ बहुमतका साथ । केपी शर्मा ओलीले तत्कालीन समयमा भनेका कतिपय योजनाहरू साँच्चैका सपना हुन् कि किस्सा मात्रै हुन् भन्ने चर्चा पनि भयो । यद्यपि प्रधानमन्त्री केपी शर्मा ओली भने ती भनाइहरूलाई सपना भन्दै एक दिन पूरा भएरै छाड्ने दाबी गरिरहेका छन् । 

काठमाडौं महानगरपालिकाको वडा नम्बर १५ र १६ तथा नागार्जुन नगरपालिकाको वडा नम्बर १ को सिमानामा पर्ने ढुङ्गेधारा रानीवन जाने बाटोको दृश्य हो यो । प्रत्येक वर्ष असारदेखि भदौसम्म यो सडकमा ठूलो भेल आउँछ । त्यही भेलका कारण ढल फुटेर अघिल्लो वर्षको वैशाखदेखि नै यस स्थानमा भ्वाङ परेको थियो । तत्कालीन समयमा स्थानीय तहको निर्वाचन हुँदै गर्दा वडामा उठेका उम्मेदवारहरूले आफ्नो भाषणमा यो सडकलाई प्राथमिकतामा राखेको दाबी गर्दै विजयी भएलगत्तै यसको निर्माण र मर्मत सुरु गर्ने दाबी गरेका थिए ।

वडाध्यक्ष मुकुन्द रिजालका अनुसार माथिबाट आउने ढल धेरै भएको र तलतिर पाइप सानो हुँदा प्रत्येक पटक ढल फुट्ने गरेकाले समस्या भएको उनी बताउँछन् । अहिले काठमाडौं महानगरपालिकाले १ करोड ४२ लाख र नागार्जुन नगरपालिकाले ५० लाख रुपियाँ खर्च गरेर ढलसहित सडक मर्मत गर्न लागिएको रिजाल बताउँछन् । यद्यपि सामान्य काम गर्न पनि नसकिएकामा लाज भएको भन्दै अब चाँडै सडकको भ्वाङ पुर्ने र मर्मत गर्ने उनी बताउँछन् । 
अहिले सडकको मर्मतको ठेक्का भइसकेको भन्दै भ्वाङ पुर्न मात्रै खर्च गरे त्यो भ्रष्टाचार हुने वडाध्यक्ष रिजाल बताउँछन् । उनी भन्छन्, ‘सडकको एउटा भ्वाङ पुर्न वर्षदिन लाग्ने भन्ने होइन तर ठेक्का भइसकेको स्थानमा हामीले मर्मत गर्न थाल्यौं भने त्यो भ्रष्टाचारजन्य काम हुन्छ । जसका कारण हामीलाई त्यो भ्वाङ पुर्न अप्ठ्यारो भइरहेको छ ।

No comments: