४ वर्षका बालकलाई आजीवन कारावासको सजाय - Sital Chautari .com

ताजा अपडेट



Friday, April 27, 2018

४ वर्षका बालकलाई आजीवन कारावासको सजाय


जेन्सी। के तपाइँले कुनै ४ वर्षका बालकलाई आजीवन कारावासको सजाय सुनाइएको थाहा पाउनुभएको छ ? शायद सुन्नुभएको छैन होला । तर एक बालकको बारेमा थाहा पाउँदा तपाइँ चकित पर्नुहुनेछ । यो संसारमा एउटा अदालत यस्तो पनि छ जसले ४ वर्षका बालकलाई आजीवन कारावासको सजाय सुनाएको छ ।
यो घटना मिश्रको हो । यहाँको एक अदालतले ती बालकलाई ४ जनाको हत्या र ८ जनाको हत्याको प्रयास गरेको तथा प्रहरीलाई धम्क्याएको अभियोगमा दोषी ठहर गर्दै यो सजाय सुनाएको हो । जब यो फैसलाबारे देशका नागरिकले थाहा पाए त्यसपछि यो फैसलाको व्यापक विरोध भयो । यहाँका जनताले सडकदेखि सामाजिक संजालसम्म यो फैसलाको निकै कडा रुपमा विरोध गरे । यति हुँदा पनि अदालतले भने १ वर्षसम्म फैसलाको विषयमा पुनर्विचार नगर्ने अडान लिइरह्यो ।
 यसरी ४ वर्षको उमेरमै आजीवन कारावासको सजाय पाउने बालक हुन् मंसुर कुरानी अली । यी ४ वर्षका बालकमाथि यतिसम्म संगीन र गम्भीर अपराधको आरोप लगाइएको थियो कि यो कुरा संसारको अर्को कुनै अदालतले शायदै मान्थ्यो होला । यो अदालतले न केवल ती बालकलाई दोषी ठहर गर्यो, उनलाई आजीवन कारावासको सजाय समेत सुनायो ।
जुन आरोप मंसुरमाथि लगाइएको थियो ती अपराधको बारेमा राम्रोसँग अनुसन्धान नै गरिएको थिएन । बिना जाँच नै अदालतले उनलाई सजाय सुनाएको थियो । दोस्रो पटक भएको अनुसन्धानमा अदालतले मंसुरलाई निर्दोष ठहर गर्दै रिहा गरिदिएको छ । मिश्रका अधिकारीहरुले मंसुरलाई उनले गर्दै नगरेको अभियोगमा दोषी ठहर गरेर निकै ठूलो भूल गरेको स्वीकार गरेका छन् ।
जब यो मुद्दा विश्वव्यापी रुपमा उठ्यो र मिश्रको कानुनको संसारभरबाट निन्दा हुन थाल्यो त्यसपछि बल्ल अदालतको यसतर्फ ध्यानाकर्षण भयो । अदालतले यो घटनाको फेरि जाँच गर्न आदेश दियो । यसपछि जब घटनाको नयाँ तरिकाले अनुसन्धान भयो त्यसको नतिजा निकै आश्चर्यजनक थियो । जुन अपराधको लागि मंसुरलाई दोषी ठहर गर्दै सजाय सुनाइएको थियो र १ वर्षसम्म जेलमा राखियो ती अपराध उनले गरेकै थिएनन् ।


No comments: