
चलचित्र ‘ए मेरो हजुर २’ को अष्ट्रेलिया प्रिमियर सकेर अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह फर्किएको केही सकय भयो । अष्ट्रेलियाको भिजा लागे पनि साम्राज्ञीलाई बेलायतको भने भिजा पुनः लागेन् ।
चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’ को छायाँकनका लागि युके जान लागेकी साम्राज्ञीलाई पुनः बेलायतको भिजा नलागेको हो ।बुझिए अनुसार, केहीदिन अगाडि मात्र साम्राज्ञी दोस्रो पटक ‘भिसा’ पाऊँ भन्दै भारतस्थित बेलायती दूतावास पुगेकी थिइन् । अंग्रेजी नयाँ वर्षको केही सिन खिच्नका लागि साम्राज्ञीसहित निर्माण टीम बेलायत जाने तयारीमा थियो ।
तर, दोस्रो पटक पनि साम्राज्ञीलाई बेलायतले नपत्याएपछि अब ‘इन्टु मिन्टु लन्डनमा’ निर्माण हुन्छ वा हुँदैन ? भन्नेमै प्रश्न चिन्ह खडा भएको छ । यो चलचित्रमा साम्राज्ञीको अपोजिटमा देखिन लागेका धिरज मगर भने बेलायतमा बस्ने गर्छन । अहिले चलचित्रकी निर्देशक रेनाशा वान्तवा राई यूकेमा साम्राज्ञीको प्रतिक्षा गरिरहेकी छिन् ।
No comments:
Post a Comment