काठमाडौं । कुनै समयकी चर्चित नायिका निरुता सिंह करिब ५ बर्षपछि नेपाल आएकीछिन् । एक कार्यक्रममा सहभागी हुन नेपाल आएकी निरुताले आफुलाई नेपाली चलचित्रमा फर्कन मन लागेको बताउँदै आएकी थिईन् ।
आफुलाई सुहाउँदो रोल पाए पर्दामा देखिन मन लागेको र त्यसको प्रतिक्षा गरिरहेको बताएकी उनी हालै बिकास आचार्यको निर्देशनमा निर्माण भईरहेको चलचित्र ‘नाई नभन्नुल ५’ मा अनुबन्धित भएकीछिन् ।
अतिथी भुमिकामा नै सही निरुताले लामो समयपछि पर्दामा कमव्याक गर्देछिन् । तर कमव्याक पनि उनले आमाको भुमिका रोजेकीछिन् । सम्भवत निरुताको भागको दृश्य सकिएपछि चलचित्रको गीत बाहेकको सुटिङ सकिनेछ ।
निकै प्रतिक्षामा रहेको र रजटपतमा एउटा ब्राण्ड नै बनिसकेको ‘नाई नभन्नुल ५’ मा प्रियंका ,अनुभव रेग्मी ,स्वस्तिमा खड्का , अभिषेक नेपाल, बुद्धि तामाङ, जयनन्द लामा, दिलिप रायमाझी, उत्तम केसी राजाराम श्रेष्ठ ,सेड्रिना शर्मा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
आजै भारत फर्कने तयारीमा रहेकी निरुता नाई नभन्नुल ५ मा अनुबन्धित भएपछि उनको नेपाल बसाई लम्बिने भएको हो । मल्टिस्टारर यस चलचित्रमा निरुता अनुभव रेग्मीको आमाको भुमिकामा देखिँदैछिन् ।
No comments:
Post a Comment