आमा बन्दै गायिका जानकी तारामि मगर - Sital Chautari .com

ताजा अपडेट



Friday, April 27, 2018

आमा बन्दै गायिका जानकी तारामि मगर

Image result for janaki tarami magar
ढाड दुखेर मा¥यो, मेयरनीको पोई, साइकल किन्न जाम, पानी पुरी, कार किनेर ल्याउ जस्ता समय सान्दर्भिक गीतहरु गाएर दर्शक श्रोताको मन जितेकी नेपाली लोकदोहोरी क्षेत्रकी चर्चित एवं लोकप्रिय गायिका जानकी तारमी मगर आमा बन्ने भएकी छिन् । उनी आमा बन्ने खबरले उनको प्रसंसकमा खुसी छाएको छ ।
२ वर्ष अघि व्यवसायी एवं समाजसेवी भगवान थापासँग विवाह गरेकी जानकीले आफुलाई छोरी अत्धाधिक मन पर्ने भन्दै छोरीको चाहना रहेको बताइन् । तर छोरा वा छोरी जे भए पनि फरक नपर्ने भन्दै उनले आँफु जुन महिनाको दोश्रो हप्ता भित्रमा आमा बनीसक्ने आश व्यक्त गरिन् ।
 उनले पछिल्लो पटक फागुन महिनाको अन्त्यमा सुर्खेत महोत्सवमा प्रस्तुति दिएकी थिइन् । जतिबेला उनी ६ महिनाकी गर्भवती थिइन् । स्टेज प्रस्तुतिका लागि आएका थुप्रै अफरहरुमा उनले सहमती जनाउन नपाएपनि रेकर्डिङमा भने समय अहिलेसम्म नै दिइरहेकी छिन् । अब भने यो सुनौलो समयमा पूर्णतः रेष्ट गर्दै आमा बन्ने दिनको प्रतिक्षामा रहेको बताइन् ।
 अहिले गायिका जानकी आठौं महिनाको गर्भवती अवस्थामा छिन् । उनले ४ महिनाको गर्भवती अवस्थामा कुवेतमा प्रस्तुति दिएकी थिइन् । त्यो समयमा नै जानकीको ‘बेबी पंप’ स्पष्ट देख्न सकिन्छ । उनी गर्भवती भएको सोही बेला खुलासा भएको थियो । तर निजी जिवनका कुरा सार्वजनिक गर्न नरुचाउने स्वभावले यो कुरालाई उनले टार्दै आएकी थिइन् । मिडियामा आउन नरुचाए पनि व्यक्तिगत कुराकानीमा भने स्वीकारेकी थिइन् ।
चम्किरहेको गायन यात्रामा यस खबरले असर पार्ला भन्ने डर छ की छैन भन्दा, जानकीले भनिन् – ‘बिल्कुल छैन । मैले स्वस्थ्य फ्यान कमाएकी छु । उहाँहरु मेरो विवाहको खबरले पनि खुशी हुनभएको थियो । शुभकामना दिनुभएको थियो । यो खबरले पनि खुशी हुनुहुनेछ र शुभकामना दिनु हुनेछ । माया गरिरहनुहुनेछ ।’ भन्दै फेरि थपिन् ‘म बाँचुञ्जेली र सकुञ्जेली यहि क्षेत्रमा रहनेछु । यो पिरीयडमा पनि मैले सकेको गरिनै रहेको छु । भोलीका दिनमा पनि सामान्य अवस्थामा फर्कानासाथ पुनः गीत संगीतले उतिकै व्यस्त बनाउने छ मलाई, यसमा म ढुक्क छु ।’

जानकीले राजधानीको पुतलीसडक स्थित भ्याली नर्सिङ होममा डा बिना बस्नेतसँग चेकअप गराइरहेकी छिन् । उनले आँफु गर्भावस्था भएको यस समयमा निक्कै उत्साहित भएको र सहज भएको पनि बताइन् ।
लोक गायनमा थुप्रै हिट गीत दिएकी जानकीलाई आमा बन्ने निश्चित भएकोमा हार्दिक बधाई तथा शुभकामना साथै आगामी दिनमा पनि गायन यात्रा अघि बढी नै रहोस् ।


No comments: