प्रेम राईलाई छुटाउन प्रमको हातबाट ३० लाख बढी हस्तानतरण - Sital Chautari .com

ताजा अपडेट



Friday, May 4, 2018

प्रेम राईलाई छुटाउन प्रमको हातबाट ३० लाख बढी हस्तानतरण




काठमाडौं २१ वैशाख: रोजगारीको सिलसिलामा साउदी पुगेका प्रेमबहादुर राई जेलमा परेपछि उनलाई मुक्त गर्न विभिन्न संगठनहरु लागि परेका छन् । सन् २०१६ मा जेल परेका राईलाई छुटाउन उठेको रक प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट राईको परिवारलाई हस्तानतरण गरिएको हो ।
विभिन्न संघसंस्था र व्यक्तिको अदानबाट उठेको ३० लाख ९ हजार ४७ रुपैयाँ प्रधानमन्त्री ओलीले राईको परिवारलाई हस्तानतरण गरेका छन् । बिहीबार बेलुका प्रधानमन्त्री निवास पुगेका प्रेमका परेवालाई प्रधानमन्त्री ओली छुटाउने आश्वासन समेत दिएका छन् । ‘जेलमा रहेका प्रेमबहादुरको मुक्तिका लागि साउदी सरकारसँग कुरा गर्छु, प्रधानमन्त्री ओलीले भने, ‘विश्वको अन्य देशका नागरिक र नेपाली नागरिक विदेशिनु पर्ने कारण फरक छ । नेपाली नागरिक विदेशिने तरिका डरलाग्दो छ ।’


इलामको माइनगरपालिका -४ स्थाई बासिन्दा राई सन् २०१२ मा रोजगारीको सिलसिला साउदी पुगेका थिए । उनलाई आफूले काम गर्ने कम्पनीको सामान चोरेको आरोपमा मुद्दा चालाइएको थियो । राईलाई सजाय स्वरूप ५० कोर्रा २ वर्ष जेल सजाय सुनाइएको थियो । त्यतिले मात्रै नपुगेर कम्पनीले व्यक्तिगत अघिकारको मुद्दा पनि चलाएका थिए । उनलाई ३ लाख १० हजार रियल (लगभग नेपाली रुपैयाँ ९५ लाख) जरिवाना तोको थियो । अहिले पनि उनी साउदी अदालतले तोकेको जरिवाना तिर्न नसक्दा जेलजीवन बिताइरहेका छन् ।

No comments: