काठमाडौं । अभिनेत्री ऋचा शर्मा कहिलेकाहीँ आफ्ना भनाईका कारण विवादमा आउने गरेकी छन् ।अभिनय सँगै फिल्म निर्माणमा पनि सक्रिय रहेकी उनी अभिनित केकी अधिकारी निर्मित फिल्म ‘कोहलपुर एक्सप्रेस’ अहिले चलिरहेको छ ।
दिपकराज गिरी निर्मित छक्कापञ्जाका विषयमा बोलेका कारण केही समय अघि विवादीत बनेकी उनी महिला हिंसाविरुद्धको अभियानमा आफ्ना धारणाका कारणले पनि केही आलोचित भइन् ।
तर सिने क्षेत्रमा भने उनको लोकप्रियता कम भएको छैन । कोहलपुर एक्सप्रेसमा केकीको तुलनामा आफ्नो अभिनय राम्रो नभएको उनले बताइसकेकी छिन् ।
मेरो लभ स्टोरी, जीन्दगी रक्स लगायतका फिल्ममा उनको अभिनय थियो । उनी केही समय अघि आफ्नो नयाँ प्रेमका बारेमा पनि खुलेकी थिइन् । एक युवकसँग घनिष्ट सम्बन्ध रहेको बताएकी ऋचाले नयाँ प्रेमीका बारेमा अरु केही खुलाइनन् । तर उनले भन्ने गरेकी छन्,‘मलाई प्रेम लुकाउन मन लाग्दैन ।’
फिल्मी सुराकीहरूका अनुसार अहिले उनी नयाँ प्रेमीसँग डेटमा छिन् ।
बेला मौका सम्बन्धका कारणले पनि उनी चर्चामा आउने गरेकी छन् त कहिले पहिरनका कारणले । मिडियामा कलाकार तथा निर्देशक अर्पण थापासँग उनको प्रेम सम्बन्ध रहेको चर्चामा आएपछि उनी रिसाइन् ।उनले अर्पण राम्रो साथी भएको र उनको परिवार पनि रहेकाले यस्ता चर्चा नगर्न आग्रह गरिन् । तर कलाकार विनय श्रेष्ठसँग भने उनको प्रेम सम्बन्ध नै थियो जुन टुटिसकेको छ ।
फस्र्ट लभबाट ठूलो पर्दामा उत्रिएकी ऋचालाई टलकजंग भर्सेस टुल्कीको फुली भन्ने चरित्रले अझ माथि उठायो । पूर्वप्रेमी विनयसँग उनले भिसा गर्ल भन्ने फिल्ममा अभिनय गरिन् ।
No comments:
Post a Comment