छिमेकी महिलासँग विवाहको टुंगो भएर सबै तयारी पूरा भैसकेपछि बिहेको अघिल्लो दिन एकाएक बेपत्ता भएका गौंडाकोटका बालकृष्ण खरेल भेटिए, लाग्ने भयो अब यस्तो मुद्दा - Sital Chautari .com

ताजा अपडेट



Friday, May 4, 2018

छिमेकी महिलासँग विवाहको टुंगो भएर सबै तयारी पूरा भैसकेपछि बिहेको अघिल्लो दिन एकाएक बेपत्ता भएका गौंडाकोटका बालकृष्ण खरेल भेटिए, लाग्ने भयो अब यस्तो मुद्दा


नवलपरासी – विवाहको अघिल्लो दिन घरबाट एकाएक बेपत्ता भएका गौंडाकोटका बालकृष्ण खरेलविरुद्ध प्रहरीले सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरेको छ ।
जन्ती हिँड्न १२ घण्टाअघि बेपत्ता भएपघि उनी अपहरणमा परेको शंका गरिएको थियो । आफन्त र प्रहरीले खोज्दै जाँदा उनी आफूखुसी हिँडेको र भारतको गोरखपुरमा बसेको पत्ता लागेको थियो ।
उनी गत मंगलबार आफैं गैंडाकोट प्रहरी कार्यालयमा आएका थिए । आजको कान्तिपुरमा समाचार छापिएको छ । घटनाको ३ महिनापछि उनीविरुद्ध मुद्दा दर्ता गरिएको प्रहरीले बुधबार जनाएको छ ।
गत माघ २२ मा छिमेकी महिलासँग विवाहको टुंगो भएर सबै तयारी पूरा भएको अवस्थामा उनी अघिल्लो रात एकाएक घरबाट बेपत्ता भएका थिए ।


No comments: