
महादेववेशी । धादिङको थाक्रे गाउँपालिका वडा नं २ महादेवबेसी नजिकै चारवटा सवारी एक आपसमा ठोक्किदाँ आगलागी भएको छ ।
मुग्लिनबाट काठमाडौँ तर्फ जाँदै गरेको ना ६ ख २७८१ नम्बरको सिमेन्ट बोकेको ट्रकमा बा ७५ प ६०५१ नम्बरको मोटरसाइकल बुधबार बिहान ठोक्किएको थियो । मोटरसाइकलाई जोगाउने क्रममा ट्रक गजुरी तर्फ आउँदै गरेको बा २ ग २४६३ नम्बरको नेपाली सेनाको ट्रकमा ठक्कर खाएको थियो ।

दुर्घटनामा मोटरसाइकलमा सवार दुई जना घाईते भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटना पछि केहि समय सवारी साधन अवरुद्ध भएको थियो ।
त्यसको लगत्तै धादिङबेसीबाट काठमाडौँ जाँदै गरेको बा ३६ प ४२३९ नम्बरको मोटरसाइकल ट्रकमा ठोक्किन पुग्दा आगलागी भएको हो । आगलागीबाट ना ६ ख २७८१ नम्बरको ट्रक र बा ७५ प ६०५१ नम्बरको मोटरसाइकल जलेको छ ।
No comments:
Post a Comment