बिदेसिनेको व्यथाः सबिना दश बर्षदेखि जापानमा बेपत्ता ! - Sital Chautari .com

ताजा अपडेट



Wednesday, May 2, 2018

बिदेसिनेको व्यथाः सबिना दश बर्षदेखि जापानमा बेपत्ता !




काठमाण्डौँ । २०६५ वैशाख ११ गते ललितपुरको दमकल चोक निवासी सानुलाल महर्जनको परिवार कम्ती खुसी भएको थिएन ।
एक बर्षभन्दा बढी जाउलाखेलमा रहेको एक ईन्स्टिच्युटमा भाष सिेककी १९ बर्षीया सबनाले सुरुमा भिसा पाउने नपाउने निश्चित थिएन ।
त्यस दिन जापान जान खोजेकी कान्छी छोरी सबिनाको ईच्छा पुरा भएको थियो । भाषामा निखार ल्याउने र केही रकम कमाउने भन्दै सबिना २०६५ वैशाख ११ गते जापना उडेकी थिईन ।
दुई बर्षपछि घर फर्कने भनिरहेकी सबिना जापानमा हराएको खबर एक्कासी पाएपछि निराश भएका परिवारमा १० बर्ष वितिसक्दा पनि खुसी फर्कन सकेको छैन ।
छोरीको खोजीको लागि पटक पटक मन्त्रालयदेखि जापनास्थित नेपाली राजदुतावास र जापनको प्रहरीसमक्ष निवेदन दिईसकेको छु, सानुलालले भने, अहिलेसम्म छोरीको अवस्था के भन्नेबारे कुनै जानकारी पाउन सकिएको छैन । 
जापान भए भाग्य चम्किने भन्दै भिसा प्राप्तिका लागि उनले निकै दौडधुप गरेकी थिईन् । सबिना जापान पुगेको १७ महिनासम्म सोचेअनुसारकै परिस्थिति रह्यो ।

No comments: