अझै केही दिन देशका धेरै ठाउँको मौसम बदली भर्इ पानी पर्ने - Sital Chautari .com

ताजा अपडेट



Wednesday, May 2, 2018

अझै केही दिन देशका धेरै ठाउँको मौसम बदली भर्इ पानी पर्ने


काठमाडौं । जल तथा मौसम पुर्वानुमान महाशाखाले अबका केही दिन पनि देशका धेरै ठाउँको मौसम बदली भइ पानी पर्ने जनाएको छ । मौसमविद् मञ्जु बासीका अनुसार अबका दुई तीन दिन धेरै ठाउँको मौसम बदली हुने र पानी पर्ने सम्भावना रहेको छ ।
पश्चिमी वायुसँगै भारतमा बनेको न्यूनचापीय क्षेत्र र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशभरीकै मौसम बदली भई केही ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी परिरहेको र यो सम्भावना केही दिन कायमै रहने महाशाखाले जनाएको छ ।
काठमाडौं उपत्यकासहित विभिन्न ठाउँमा दिउँसो पनि मौसम वद्ली भएर पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

No comments: