दाङ । एक पुरुषले महिलामाथि बलात्कारको प्रयास गर्दा ज्यान नै गएको छ । महिलाले अफूमाथि बलातकार गर्न खोज्नेलाई लात्तीले हिर्काउदा अन्डकोषमा लागेर मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय तुल्सीपुरका डीएसपी प्रकाश सापकोटाले भने, ‘राति सामान किन्ने बाहना बनाएर पसलमा गएको र पानी खाने भनेर कोठामा प्रवेश गरेर जबर्जस्ती करणी गर्न खोजेपछि महिलाले संवेदनशील अंगमा लात्तीले हान्दा मृत्यु भएको भन्ने बुझिए’ ।
रोबरबहादुर खत्रीले बलातकारको प्रयास गरेपछि महिलाले लात्तीले हिर्काउँदा अन्डकोषमा लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले बताए । वैशाख ९ गते रातिको डेढ बजे तिर पसलमा गुट्खा किन्ने गएको खत्री तिर्खा लागेको बाहनामा महिलाको कोठामा गएर बलात्कार प्रयास गरेको खुलेका छन् ।मृतक खत्रीका परिवारले भने हत्या भएको भन्दै जाहेरी दिएपछि प्रहरीले महिलालाई हिरासतमा लिएको छ ।
No comments:
Post a Comment