भाषा परीक्षाको आवेदन फारामबाटै कोरियाले लग्यो २१ करोड - Sital Chautari .com

ताजा अपडेट



Tuesday, April 24, 2018

भाषा परीक्षाको आवेदन फारामबाटै कोरियाले लग्यो २१ करोड

Image result for korea eps

रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत दक्षिण कोरियामा नेपाली प्रशिक्षार्थी कामदार छनोट गर्नका लागि लिइने नवौँ चरणको कोरियाली भाषा परीक्षाको आवेदन फारामबाटै २१ करोड रुपैयाँभन्दा बढी बाहिरिएको छ। ८२ हजार २६४ जनाले कोरियाली भाषा परीक्षाको आवेदन फाराम बुझाएका थिए।
यो रकम स्वदेशमै कुनै उत्पादनमूलक क्षेत्रमा लगाउन सकिए अहिले कोरिया जाने कामदारले काउनेभन्दा बढी आम्दानी हुने बताए। दक्षिण कोरियामा मासिक तलब न्यूनतम एक लाख रुपैयाँभन्दा बढी हुने कारण नेपाली कामदारको आकर्षण बढेको छ। अहिलेम्म ५५ हजारभन्दा बढी नेपाली रोजगारीका लागि त्यहाँ पुगेको तथ्यांक छ।
ग्लोबल आईएमई बैंकमा प्रतिव्यक्ति २४ अमेरिकी डलरका दरले २१ करोड दुई लाख ६६ अजार ७८४ रुपैयाँभन्दा बढी संकलन भई बाहिरिएको हो। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विनिमय दरअनुसार भाषा परीक्षाकै नाममा नेपाली बेरोजगार युवाबाट यति धेरै रकम रोजगारदाता मुलुकमा पुगेको हो। नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहण गुरुङले भाषा परीक्षाका नाममा यति ठूलो रकम बाहिरिनु दुःखद भएको बताए।

No comments: