चलचित्र क्षेत्रका १० चलाख सेलिब्रेटीहरू - Sital Chautari .com

ताजा अपडेट



Tuesday, April 24, 2018

चलचित्र क्षेत्रका १० चलाख सेलिब्रेटीहरू

फिल्म क्षेत्रका दुई दर्जन निर्माता, कलाकार र निर्देशकहरुसँगको अनौपचारिक कुराकानीमा आधारित रहेर यो रिपोर्ट तयार गरिएको हो । चलाख भन्ने शब्दलाई नकारात्मक हिसाबमा नबुझ्नुहोला। यस रिपोर्टमा चलाख भनेको सफल भनेजस्तो हो। प्रस्तुत छ, फिल्म क्षेत्रका १० चलाखहरु अर्थात १० सफलहरू । सर्वप्रथम कुरा गरौँ दशौं नम्बरमा पर्ने कलाकर्मीबाट :–
१०.मिलन चाम्स् : पछिल्लो समय सबैभन्दा धेरै फिल्म निर्देशन गर्नेमा मिलन चाम्स् अगाडि रहेका छन् । लिलिबिली निर्देशक चाम्स् फिल्मको निर्देशन मात्र गर्दैनन् निर्माता पनि बन्छन् । उनका धेरै फिल्म कमाइको हकमा उम्दा छैनन् । तर पनि उनी निर्माता भेट्न सफल हुन्छन् र, निर्देशन गरिरहन्छन् । 
Image result for milan chams
९. अशोक शर्मा : चलचित्रमा लागेर करोडौँ कमाउन सफल औंलामा गन्न सकिने फिल्मकर्मीमा पर्छन् अशोक शर्मा । सुरुमा अभिनय र त्यसपछि निर्माणमा संलग्न भएका शर्मा अहिले फिल्म प्रदर्शकहरूको संस्था डिसिएनको सिइओ छन् ।
Image result for ashok sharma
कसको फिल्म प्रदर्शन गर्ने र कसको नगर्ने भन्ने प्रमुख भूमिकामा रहेका शर्मा यही क्षेत्रको प्रतिनिधित्व गर्दै उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्य बन्न सफल भए ।
८. दिपकराज गिरी : चलचित्र चलाउने सुत्रको यदी कसैलाई गहिरो ज्ञान छ भने त्यो दिपकराज गिरीलाई नै छ । उनका सवै फिल्म हिट भएपछि यस्तो ज्ञान रहेको आम विश्वास भएको हो । भनिन्छ, महजोडीले आफ्नो फिल्म शत्रुगते चलाउन दिपकराज गिरीलाई कलाकार मात्र बनाएनन्, पार्टनर नै बनाए ।
Image result for deepak raj
नेपालमा कमेडी फिल्मको सुरुवात कुनैबेला यादव खरेल र मह जोडीले गरेका हुन् । तर, कमेडी फिल्मले धेरै कमाइ गर्छ भन्ने पुष्टि गर्ने काम चाहिँ दिपकराजले नै गरे । चलचित्रबाट नै करोडपति हुने कलाकार र निर्माताको सूचीमा दिपकराज पनि पर्छन् ।
७. प्रदीप खड्का : आफ्नै संघर्षमा फिल्म क्षेत्रमा स्थापित भएका अभिनेता प्रदीप खड्का फिल्म क्षेत्रको आधा हिस्सालाई पछि लगाउन सफल छन् । निर्मातासँग आफैं डिल गर्ने, स्क्रिप्टमा राय दिने र आफू अनुकुल बनाउने, आफ्नो डिमाण्डको पारिश्रमिकमा निर्मातालाई मनाउन सक्ने र निर्माताहरुलाई खुसी पार्न सफल रहँदै आएका खड्का सफल नायक हुन् ।
कतिपयले भन्छन् उनी आफूले अभिनय गरेको फिल्मले गर्ने कमाइवाट हिस्सा पनि पाउने गर्छन् । अर्थात बोनस पनि प्राप्त गर्छन् । जे होस् प्रदीप सवैलाई खुसी पारेर सफलता चाख्न माहिर छन् ।
Image result for pradeep khadka
६. केकी अधिकारी र ऋचा शर्मा : अधिकांश फिल्म असफल छन् अभिनेत्री केकी अधिकारीका । तर पनि फिल्म भेटिरहन्छिन् उनी । मिडियामा सफल अभिनेत्री झैं छाइरहन पनि उनी सफल छिन् । पछिल्लो समय उनको अर्को सफलता दर्शक माझ आउदैछ, निर्मात्री बनेर । उनी कोहलपुर एक्स्प्रेस नामक फिल्म वनाएर निर्माता बनेकी हुन् ।
त्यसैगरी अर्की अभिनेत्री ऋचा शर्माले पनि फिल्म निर्माण गरि नँया परिचय बनाएकिछन् । उनले दुई फिल्म निर्माण गरिसकेकी छन् । बौद्धिक अभिनेत्रीको छवी बनाएकी उनी कसरी निर्मात्री बन्न सफल हुदै आएकि छन् ? यो प्रश्न पनि केकी कै जस्तो अनुत्तरित छ ।
थोरै फिल्म खेल्ने र पारिश्रमिकको खासै डिमाण्ड नगर्ने उनी निर्मात्री बन्न सफल छिन् । जो चानचुने पक्ष होइन । किनभने एउटै फिल्मको लागत करोड कट्छ ।
५. शिल्पा पोखरेल : कलाकार हुन आएकि शिल्पा पोखरेल थोरै समयमा नै निर्मात्री बन्न सफल भइन् । उनले फिल्म क्षेत्रको बाठो मानिने निर्माता छवी ओझालाई बसमा लिएर फिल्म मंगलम बनाउन सफल भइन् ।
कम उचाइ, ठिकठाक मात्र अभिनय भएर पनि फर्मुला फिल्म तर्फ उनी सफल छिन् नायिका र निर्मात्रीको रुपमा । उनले अभिनयको हकमा समेत खाली बस्नु परेको छैन ।
४. प्रियंका कार्की : प्रियंका कार्कीलाई फिल्म क्षेत्रकी नम्बर एक नायिका मान्नेहरु धेरै छन् । यस क्षेत्रमा यतिवेला एक वा दुई फिल्म खेल्ने कलाकारहरुको बाहुल्यता छ । किनभने छिटो छिटो दर्शक माझ आउदा भ्याल्लू घट्छ भनेर डराउनेहरु धेरै छन् । तर, प्रियंकाको सोच भने ठ्याक्कै उल्टो छ । उनी भेटेजति र पाएजति फिल्म खेल्छिन् । म्यूजिक भिडियो समेत छोड्दिनन् ।
उनको एउटै ध्याउन्न देखिन्छ, पारिश्रमिक । प्रियंकालाई प्राय लिड रोलमा लिइन्न । उनले लिडरोल पाएका फिल्म पनि सफल छैनन् । तर पनि उनी फिल्म भेटिरहन्छिन् । र, वर्षमा आधा दर्जनसम्म फिल्म खेल्दिन्छिन् । देश–विदेशका कार्यक्रम पनि भ्याएकै हुन्छिन् ।
Image result for priyanka karki
३. भुवन केसी : भुवन केसीलाई दुईटा कारणले फिल्म क्षेत्रमा चलाख मानिन्छ । पहिलो कारण उनी विना लगानी निर्माता बन्छन् । र, दोस्रो कारण उनी मुलुकको नम्बर एक अभिनेतालाई आफ्नो हिसाबमा डिल गरेर बस्न सफल छन् । भलै ती अभिनेता उनकै छोरा नै किन नहुन् ।

अनमोल केसीलाई कसैले डाइरेक्ट भेट गर्ने सामर्थ राख्दैन । किनभने उनका पिता भुवन केसी उभिएका हुन्छन् वीचमा । सायद अनमोलकै कारण उनी निर्माता भएर फिल्मको महत्वपूर्ण हिस्साले पोल्टो भर्न सफल हुदै आएका छन् ।
२. छवी ओझा : भनिन्छ, थोरै लगानीमा फिल्म वनाउने र झट्पट् लगानी उठाइहाल्ने मामलामा छवी ओझासग सवैले क्लास लिए हुन्छ । त्यो पनि एकपैसा नहाली ।
वितरक र अन्य थोरै प्रतिसतका पार्टनरहरुको पैसा चलाएर निर्माता बन्न सफल छवी लामो समयदेखि उत्तिकै सक्रिय हुने एक मात्र निर्माता हुन् भन्यो भने गलत हुँदैन । उनी एकपछि अर्की नायिकालाई जीवन संगिनी बनाउने सवालमा समेत अरुभन्दा अगाडि छन् ।
Image result for chabi ojha
१. उद्धव पौडेल : फिल्ममा लागेरै अर्बपति हुन सफल छन् फिल्मकर्मी उद्धव पौडेल । फिल्म निर्माण, वितरण र प्रदर्शनको नेतृत्व गरेर बसेका पौडेल गोपीकृष्ण मुभिजका मालिक हुन् । फिल्म क्षेत्रलाई पर्दापछाडि बसेर नेतृत्व गर्न उनी सफल हुदै आएका छन् ।
उनी जत्तिको दिमागी फिल्मकर्मी अर्को छैन भन्ने टिप्पणी गर्ने फिल्मकर्मी यस क्षेत्रमा प्रसस्त छन् । उनको जति कमाइगर्न सफल निर्माता, प्रदर्शक वा वितरक यस क्षेत्रमा अर्को देखिदैन । पछिल्लो समय उनकी छोरी निकिता पौडेल विकाश बोर्डको अध्यक्ष भएपछि त झन उनको चतुऱ्याईंको चर्चा धेरै हुने गरेको छ ।

No comments: