नृत्य निर्देसक शिव बि क चलचित्रमा ब्यस्त - Sital Chautari .com

ताजा अपडेट



Monday, April 30, 2018

नृत्य निर्देसक शिव बि क चलचित्रमा ब्यस्त


२०५० साल देखी स्टेज प्रोग्राम बाट सुरुवात गर्नुभयको शिव बि क को नृत्य निर्देसन अझै पनि उतिकै तेजिलो गतिमा दौडीरहेको छ ।
२०५२ साल बाट पप आधुनिक गीतको  म्युजिक भिडियो निर्देशन गरेर आफ्नो यात्रा सुरु गर्नुभयको थियो । शिव बि.क २०५४ साल बाट लोकदोहरी म्युजिक भिडियो समेत गर्न थालनु भई हाल सम्म ४००० / ४५०० सय भन्दा बढी  म्युजिक भिडियो निर्देशन गरिसक्नुभयको छ उहाले नेपाली आधुनिक पप लोक गीतमा मात्र नभै झन्डै ३ दर्जन चलचित्रमा  समेत  नृत्य निर्देसन गरिसक्नु भयकोछ ।  चलचित्रहरु आई एम सरी, धुवा , बारुद, राज, धड्कन भित्र, चिनो, राज्य, बिदाइ, धुम, बिन्दास, स्काउट, कन्यादान  आदी ..


 नेपाली सागितिक छेत्रमा स्तरिय म्युजिक भिडियो अनी फरक फरक प्रयोग गरेर मिडिया र  दर्सक को मन जित्न सफल भई आफ्नो छुटै स्थान बनाउन सफल शिव बि क अहिले म्युजिक भिडियो मा मात्र नभै चलचित्र समेत ब्यस्त हुनुहुन्छ।

अहिले उहाले काम गरिरहनुभयका चलचित्रहरु लम्फु , पसिना , बारामासे , तिम्रो छोरी तरुनी हाम्लाई के को दोस , उल्झन लगायत अरु थुप्रै ..



उहाले केही म्युजिक भिडियोमा मोडलिङ गर्नुको साथै आफ्नो सौख को रुपमा केही अाधुनिक पप गीतमा समेत आवाज दिनुभयको छ. आफ्नै शब्द, संगीत र  स्वर  रहेको  (जनम जनम हाम्रो माया छुट्न नपरोस )  उक्त गीतमा चर्चित  भारतीय गायिका सञ्जिवनीले साथ दिनुभयको छ।

नृत्य निर्देसक शिव बि क ले महानायक राजेश हमाल, शिव श्रेष्ठ, भुबन के सि ,आर्यन सिग्देल, जीवन लुइटेल, बिराज भट्ट, निखिल उप्रेती ,राजेन्द्र खड्की , सुनिल थापा , निरुता सिंह , करीश्मा मानन्धर, रेजिना उप्रेती, गरिमा पन्त, झरना थापा, नम्रता श्रेष्ठ, के कि अधिकारी, निशा अधिकारि, पूजना प्रधान लगायत बिदेसी कलाकार कमेडी किङ कृष्ण ,मोनिका बेदी , प्रसान्त तमाङ लगायत सबै सँग सहकार्य गर्नुभयको छ।      


हाल आफ्नै प्रोडक्सन हाउस (शिव फोर एस मिडिया)  का संचालक रही.. सख्यात्मक भन्दा गुणत्मकमा विश्वाश गर्ने शिव बि क आगामी दिनमा  नृत्य निर्देसक को साथमा चलचित्र निर्देशन गर्ने समेत बताउनु भयको छ  । 
  

No comments: