काठमाडौँ. लोक दोहोरी गीतबाट गायन यात्रा सुरु गरेकी गायिका भावना आचार्यले पहिलो लोक पप बग्ने खोला बगीगो बोलको गीतको म्युजिक भिडियो बजारमा आएको हो। पछिल्लो समय नेपाली चलचित्र क्षेत्रलाई कर्म थलो बनाउने प्रयास गरिरहेका अभिनेता तथा मोडल दिपक ढकाल अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ। ‘चामलको चौलानी बिर्सी जाने हौलानी सम्झिएर फोन गरे है दिक्क नमानी बग्ने खोला बगिगो ढुङ्गा मुडा लागिगो’ जस्ता नेपाली टिपिकल शब्दहरुले सजिएको एवं रामचन्द्र काफ्ले र भावना आचार्यको समुधुर स्वरमा ‘बग्ने खोला’ बोलको गीत भर्खरै मात्र सार्वजनिक भएको हो ।संगीतकार शर्माले नेपालमा बोलीने मौलीक भाषा र भाकालाई सुक्ष्म तरिकाले जीवन्त शैलीमा गरेका प्रयोग छन्। दीपक शर्माको शब्द,संगीतमा तयार पारिएको कर्णप्रिय गीतमा यिनै अभिनेता दिपक ढकालले निकै मज्जाले कम्मर भाँचेका छन भने उनलाई अभिनेत्री शिल्पा पोखरेलले साथ दिएकी छिन । बग्ने खोला बगिग्यो बोलको गीतलाई निर्देशन देवेन्द्र पाण्डेले गरेका हुन ।

No comments:
Post a Comment