वैशाख
नेपाली चलचित्र क्षेत्रमा अहिले १० लाख पारिश्रमिक निकै चर्चित छ । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले चलचित्र ‘कायरा’मा १० लाख पारिश्रमिक लिएपछि निकै चर्चामा आईन र सबैभन्दा महंगी नायिका बनिन ।यस्तै, चलचित्र ‘रामकहानी’मा हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ ले पनि १० लाख पारिश्रमिक लिएपछि यसले हंगामा नै मच्चायो । केदारलाई ‘महंगा माग्ने’ समेत भनियो । यसपछि, उनलाई २० र २५ लाखको पारिश्रमिकको अफरसमेत आयो ।
पहिले रानि महलमा नाईका शिवाकोटी लाई लिने भन्ने कुरा थियो तर उनले यो चलचित्र नगर्ने भने पछि यो फ्लिम लाई नायिकाको आवस्यक थियो अब भने मिस नेपाल निकिता चनडकले यसमा काम गर्ने भयपछि रानिमनल को काम शुरु हुने भयको छ दर्शकमा खासै क्रेज नरहेकी सुन्दरीलाई पहिलो फिल्ममै चर्को पारिश्रमिक दिन निर्माण पक्ष किन तयार भयो बुझिनसक्नु छ ।
अब हुने चलचित्र ‘रानी महल’ मा अनुवन्धित भएकी सन् २०१७ कि मिस नेपाल ‘निकिता चण्डक’ले१० लाख पारिश्रमिक लिएको वुझिएको छ ।निकितालाई यो पारिश्रमिकको बार्गेनिङ ‘मिस नेपाल’को आयोजक संस्था द हिडेन ट्रेजरले नै गरेको हो । जुन पारिश्रमिक दिन निर्माणपक्ष पनि तयार भयो । निकितालाई यो रकम २ किस्तामा १० लाख पारिश्रमिक दिने संझौता भएको छ ।

No comments:
Post a Comment