चीनले बनायो गज्जबको चश्मा, जुन लगाएपछि अपराधी आँफै चिनिन्छन् - Sital Chautari .com

ताजा अपडेट



Tuesday, April 17, 2018

चीनले बनायो गज्जबको चश्मा, जुन लगाएपछि अपराधी आँफै चिनिन्छन्


एजेन्सी 
 विज्ञान र प्रविधिको क्षेत्रमा चीनले छोटो समयमा लामो फड्को मारेको छ । यसैबिच बढ्दै गएको सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै चीनले सुरक्षाकर्मीका लागि विशेष चश्मा प्रयोगमा ल्याइएको छ ।
सीसीटीभी क्यामेरासहितको चश्मा लगाएका सुरक्षाकर्मी ठाउँठाउँमा राखिएपछि आपराधिक नियत सहित अपराधीहरुले सहजै आफ्नो संदिग्ध गतिबिधि गर्न नपाउने चिनिया अधिकारीहरुले दाबी गरेका छन् । उक्त चश्मा लगाएपछि अपराधिलाई अन्य समयमा भन्दा सजिलै पत्ता लगाउन सकिने अधिकारीहरुको दाबी छ ।
नयाँ वर्षका लागि सुरक्षाको हाइटेक’ व्यवस्थाका लागी भन्दै यस्तो सुरक्षा सर्तकता अपनाउन ठूलो संख्यामा चिनियाँहरु रेल तथा अन्य सार्वजनिक यातायातमार्फत घुम्न जाने भएकाले उनीहरुमाथि निगरानी गर्नका लागी यस्तो शर्तकता अपनाइएको सिन्ह्वाले जनाएको छ ।

No comments: