गायिका विष्णु माझी किन सार्वजनिक भइनन - Sital Chautari .com

ताजा अपडेट



Friday, March 30, 2018

गायिका विष्णु माझी किन सार्वजनिक भइनन

Image result for bishnu majhi
काठमाडौं, १६ चैत ।  सबैको रोजाइमा परेकी गायिका विष्णु माझी पब्लिक नहुदा यतिबेला चासोको विषय बनेको छ ।लोकदोहोरीबाट  ख्याति कमाएकी गायिका विष्णु माझी अझैसम्म गुमनाम छन । उनको स्वर सबैले सुनेपनि विष्णु माझी कस्ती छन भनेर थाहा पाउने कमैमात्र छन । तर अधिकांशलाई विष्णु माझी कस्ती छन भनेर कौतुहलताको विषय बनेको छ ।
बिष्णु माझी गुमनाम बस्नुमा धेरै हल्लाहरु आएका छन । उनी साधारण व्यक्ति जस्तै भएर हिडछिन । उनको रुप हेर्ने हो भने दयाँनीय नै देखिन्छ । ताकी लाखौ दर्शक तथा श्रोताकी ढुकढुकी बनेकी विष्णुको त्यो अवस्था हुन्छ भन्ने कसैले पनि सोच्न सक्दैन । विष्णु माझीलाई गीत रेकर्ड गराउनका लागि मान्छेले ठुलै रकम खर्च गर्ने गरेका छन । उनले गीत गाएपछि गीत नसुन्ने र भिडियो नहेर्ने कोही हुदैन । उनका जुनसुकै गीत पनि हिट बनेका छन । यस अर्थमा भन्नुपर्दा विष्णुमाझीको राम्रै कमाइ छ । उनको आफनो स्वरले साथ दिएका कारण राम्रो कमाइ गर्न सफल छन । उनको आफनो कमाइबाटै उनले आफनो घर अनि आफनै प्राइभेट गाडी चढने क्षमता विष्णुमा छ । विष्णु माझीको एक झलक पाउन मात्रै लाखौं खर्चिन सक्नेहरु र चाहनेहरु छन् । उनले फ्यानहरुलाई त्यो मौका दिन सकेकी छैनन । तर, पनि पब्लिक सामु नजानुको कारण के हो ?
को हुन विष्णु माझी ?
स्याङ्जा चापाकोट नगरपालिका रत्नपुर दामाचौर नजिकै माडी मा बिष्णु माझी जन्मेकी हुन । उनी लोक दोहोरी क्षेत्रमा एउटा नमुनाका रूपमा छन । उनी एउटा रास्ट्रकै सम्पत्ति हुन भन्दा फरक पदैन ।
झण्डै डेढ दशकदेखि लोकदोहोरी क्षेत्रमा सक्रिय गायिका विष्णु माझीले अहिलेसम्म हजारौं गीतमा आवाज दिएकी छिन् । उनको आवाज मन नपराउने र उनको आवाजको तारिफ नगर्नेहरु कमै भेटिन्छन् । प्रत्यक्ष रुपमा भेटेरै उनको खुलेर प्रशंसा गर्न चाहेनहरु पनि थुप्रै छन् । तर विष्णुले आफ्ना प्रशंसकहरुलाई अहिलेसम्म यो मौका दिन सकेकी छैनन् । उनी मात्र स्टुडियो र घरमा सिमित छन् । विष्णुको जीवनशैली अचम्मको छ । उनी आफ्नै पारामा स्टुडियो आउँछिन् । गीत गाउँछिन् अनि घर फर्किन्छिन् ।
Image result for bishnu majhi
उनी को सँग कसरी आउँछिन् र कसरी जान्छिन् त्यसको जानकारी पनि कसैलाई हुँदैन । उनले भेट भइरहने सहकर्मी साथीहरुलाई पनि मात्र हाई हेलो १ मा सिमित राखेकी छिन् । सुन्नमा आए अनुसार उनी कसैसँग फोटो खिच्न पनि राजी हुन्नन् । भेट हुँदा सेलिब्रेटीसँग सेल्फी लिन नचाहने कमै हुन्छन् । तर बिष्णुले आफ्ना प्रशंसक र साथीहरुलाई यो मौका पनि दिन सकेकी छैनन् ।
लोकगीत संगितकर्मीहरुसँग पनि खासै घुलमिल भएको पाइँदैन । लोकगीतमा दशकौँ बिताएका र उनीसँग काम गरिसकेकाहरुसँग उनको बारेमा बुझ्न खोज्दा पनि केही जानकारी निकाल्न सकिन्न । पछिल्लो समय बिष्णु माझीले गायक तथा संकलक सुन्दरमणी अधिकारीसँग विवाह गरेर आफ्नो परिचय फेरिसकेकी छिन् । तर उनको जीवशैली भने फेरिएको छैन ।
उनी विवाह हुनुभन्दा पहिले पनि पछ्यौरीले मुख छोपेर हिँड्थिन् र अहिले पनि । आज भन्दा पाँच वर्ष पहिले सुन्दर र विष्णुको विवाह भएको हो । तर उनीहरुको विवाह कहाँ र कसरी भयो त्यस बारेमा पनि जानकारी छैन । विष्णु र सुन्दर विवाह अघि लिभङ टुगेदर (सँगै बस्थे) सम्बन्धमा थिए ।
बेलाबखतमा सुन्दरले नै विष्णु माझीलाई बन्दी बनाएका खबरहरु सुन्नमा आउँछन् । तर यी खबरहरु पुष्टि भने हुन सकेका छैनन् ।
विष्णुले स्टेज कार्यक्रमहरुमा प्रस्तुती पनि दिन्नन् । नत उनी मिडियासँगै कुरा गर्छिन् । उनले आफूलाई पब्लिक  नगर्नुको कारण केहीले उनको शिक्षा भएको पनि बताउँछन् । उनी मात्र साक्षर छन् । उनले मात्र स्टुडियो गायिकाको रुपमा काम गरिरहेकी छिन् ।
किन पब्लिकमा आउदिनन उनी ?
विष्णु माझी पब्लिक नहुनुमा विभिन्न कारणहरु रहेका छन । विष्णु माझीका श्रीमान सुन्दरमणीका एक गाउलेका अनुसार विष्णुलाई पब्लिकमा ल्याउन सुन्दर नै चाहदैनन । तर किन चाहदैनन । त्यसभित्र विभिन्न कारणहरु लुकेका छन । अधिकांश गीत गाउदा लिने पारिश्रमिक विष्णुले पाउदिनन । एउटा गीत गाउदा कति लिन्छिन त्यो पनि विष्णु माझीलाई थाहा छैन । आर्थिक कारोबार जति सबै सुन्दरमणीले नै गर्ने गरेको बताउछन । विष्णु माझिलाई पब्लिकमा ल्यायो भने एक अर्को साथीसंग आफना कुरा सेयर हुने डरले सुन्दरमणीले विष्णुलाई पब्लिक गर्न नचाहेको बताउछन । विष्णुलाई बाहिर ल्याउदा विष्णुले बाहिरको बारेमा थाहा पाउने विष्णुले आफु सेलिब्रेटी भएको र आफना फ्यान फलोअर्सको साथ पाउने भएका कारण पब्लिक गराउदा विष्णु माझी आफु भन्दा बाहिर जान सक्छिन भनेर बाहिर नल्याएको संगीतकर्मीहरुको भनाइ छ ।
Image result for bishnu majhi

No comments: