धुर्मुसलाई प्रधानमन्त्री ओलीले फोनमा एकाबिहानै भने तपाई अगाडी बढ्नुहोस म ...... - Sital Chautari .com

ताजा अपडेट



Friday, March 30, 2018

धुर्मुसलाई प्रधानमन्त्री ओलीले फोनमा एकाबिहानै भने तपाई अगाडी बढ्नुहोस म ......



काठमाडौं । प्रधानमन्त्री ओलीले धुर्मुस-सुन्तलीसँग शुक्रबार साँझ बालुवाटारमा झण्डै एक घन्टा कुराकानी गरेका हुन् । ‘प्रधानमन्त्रीले अघि बढ्नुस्, सरकार तपाईहरुको साथमा छ भन्नु भएको छ, धुर्मुसले अनलाइनखबरसँग भने । क्रिकेट रंगशाला निर्माण गर्ने अभियानमा जुटेका हास्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुस-सुन्तली)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् ।

भेटमा प्रधानमन्त्रीले ‘नमुना नेपाल’ निर्माण अभियानबारे समेत चासो राखेका थिए । जवाफमा धुर्मुस-सुन्तलीले रंगशाला निर्माणका लागि दबाव आएको र त्यसअनुसार अघि बढ्न चाहेको बताए ।
धुर्मुसका अनुसार प्रधानमन्त्री ओलीले सरकारी निकायहरुसँग समन्वय गरेर अघि बढ्न आग्रह गरेका छन् ।
धुर्मुसले बिहीबार अब क्रिकेट रंगशाला निर्माणमा जुट्ने घोषणा गरेका थिए, जसलाई नेपाली टोलीका कप्तान पारस खड्काले स्वागत गरेका छन् ।
कहाँ रंगशाला बनाउने भन्ने तय भएको छैन । यसबारे निर्णय भएपछि जग्गाका लागि सरकार लगायतसँग छलफल गर्ने उनको योजना छ ।

No comments: