टेलिकमको सिममा प्रचण्डको फोटो! नेविसंघद्वारा विरोध ! - Sital Chautari .com

ताजा अपडेट



Wednesday, April 25, 2018

टेलिकमको सिममा प्रचण्डको फोटो! नेविसंघद्वारा विरोध !

Image result for prachanda


माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको फोटो राखेर नेपाल टेलिकमले निशुल्क सीम कार्ड वितरण गरेको भन्दै नेपाल बिद्यार्थी संघले त्यसविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ।
नेविसंघ नेता निरञ्जन थापाका अनुसार कुनै पनि पार्टीको नेताको फोटो संगठनको ब्यानरमा टेलिकमको लोगोसहित सिमकार्ड वितरण किन के का लागि गरियो, दुर्गम ठाउँमा अझै टेलिकमले गुणस्तरीय सेवा प्रदान गर्न नसकेको र संस्थागत भ्रष्टाचार समेत बढेकाले नेपाल टेलिकममा संग्लग्न जो कोही भएपनि कारवाही हुनुपर्ने माग गरिएको छ।
महामन्त्री कुन्दन काफ्ले नेतृत्वको नेविसंघका नेताहरुले बुधबार नेपाल टेलिकमकी महाप्रबन्धक कामिनी राजभण्डारीलाई ४ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै ती सिमकार्ड रघ गर्न माग गरेको छ। महामन्त्री काफ्ले, उपाध्यक्षद्वय रामप्रसाद अधिकारी, डिल्लीराम सुवेदी, सह–महामन्त्री परमेश्वर शाह, केन्द्रीय सदस्य सुशील भट्ट, प्रकाश सेढाई, हरि शर्मा लगायतका नेविसंघका नेताहरुको उपस्थितिमा केन्द्रीय क्याम्पस कीर्तिपुरका नेविसंघ इकाई अध्यक्ष हरि आचार्यको संयोजनमा सो ज्ञापनपत्र बुझाएको हो।
त्रिभुवन बिश्वबिद्यालयमा अनेरास्ववियु (क्रान्तिकारी)का नेताहरुले प्रचण्डको फोटो अंकित सीम कार्ड निशुल्क वितरण गरेका थिए।केन्द्रीय सदस्य सुशील भट्टले चौबीस घण्टाभित्र कुनै ठोस निर्णय नलिए नेविसंघले गर्ने कुनै पनि कदमको सम्पूर्ण जिम्मेवारी टेलिकमले नै लिनुपर्ने बताए। ज्ञापनपत्र बुझ्दै टेलिकमकी प्रबन्ध निर्देशक राजभण्डारीले विद्यार्थीले २४ घण्टाभित्रै अखिल क्रान्तिकारीको नाममा वितरण गरिएको सबै सिम रद्द गर्ने र उक्त कार्यमा संग्लग्न जो कोहीलाई कारवाही गरिएको जानकारी चौबीस घण्टाभित्रै पत्रकार सम्मेलनमार्फत जानकारी गरिने बताइन्।

No comments: