काठमाडौं ।
गायक सर्जक सङ्गितकार मोडल जि.सि अमरको साउदिमा ज्यान गएको छ के विमारले अस्पताल भर्ना भएका थिए भन्ने स्पष्ट नभए पनि उनका कम्पनीका एक साथीले फोन गरेर आज विहान उनको आँखाको अप्रेशन हुँने वाला थियो र त्यस अघि नै मृत्ष्यु भएको जानकारी गराएको स्थानिय कुँवरले बताए ।उनि जिसी अमरका नामले नेपाली लोक दोहरी र मोडलिङ्ग क्षेत्रमा छाएका कलाकार थिए । ईन्द्र जिसी सहित टि–टाईम म्युजिक मार्फत सयौं गितमा उनले स्वर दिएका छन भने त्यति नै गीतमा शव्द, लय सिर्जना र अभिनय पनि गरेका छन् । एक वर्ष अघि मात्र उनका पिताको मृत्यु भएको थियो । चार वर्ष अघि आमाको मृत्यु हुँदा उनले आफ्नी आमामा समर्पित ‘आमा मेरी आमा’ बोलको गीत वजारमा ल्याएका थिए । उनको वैदेशिक रोजगारको कमाई जति नेपाली सांङ्गेतिक क्षेत्र मै खर्चेर बचत गर्न सकेनन् ।
गत जेठ महिनामा छुृट्टीमा आएर फेरी सउदी पुगेका जिसी त्यहाँ पुगेको अझै वर्ष दिन पुगेको छैन् । भर्खर ११ महिना टेक्दै थियो ।
यति वेला परिवारमा रुवावासी रहेको छ । एक श्रीमति र स–साना दुई सन्तानको विचल्ली हुने भएको छ , स्थानिय समाज सेवी गोविन्द कुँवरले भने सवै संग सहयोगको हात नफैलाउनुको विकल्प छैन् । त्यस वडाका वडाध्यक्ष विष्णुबहादुर थापा श्रीसले पनि परिवारको अवस्था नाजुक भएको भन्दै सवै संग सहयोगको अपिल गरेका छन । उनले पछिल्लो चरण ‘अन्तिम सम्झना’ गीतको वोल वजारमा ल्याएका थिए । संयोग उनको वास्तविक जिपवनमा समेत त्यो गीत अन्तिम सम्झना नै बन्न पुग्यो ।
उनको निधनले नेपाली सांङ्गेतिक क्षेत्र शोकाकुल बनेको गायक ईन्द्र जिसीले बताए । ‘हामी शोकाकुल छौं , जिसी अमरका नामले यस क्षेत्रमा परिचीत उनि छिट्टै चर्चामा आएका कलाकार थिए । उनी स्वारमा मात्र होईन शव्द सिर्जना , लय र अभिनय सवैमा पारङ्गगत थिए’– जिसीले भने –‘उनि प्रति हार्दिक श्रद्धाञ्जली र शोकाकुल परिवार प्रति गहिरो सहानुभुती ब्यक्त गर्दछु ।
No comments:
Post a Comment