प्रहरीमा रोकिएको तल्लो दर्जाको बढुवा खुल्यो, ७३ जना सई, इन्सपेक्टरमा बढुवा - Sital Chautari .com

ताजा अपडेट



Friday, April 20, 2018

प्रहरीमा रोकिएको तल्लो दर्जाको बढुवा खुल्यो, ७३ जना सई, इन्सपेक्टरमा बढुवा

लामो समयदेखि रोकिएको नेपाल प्रहरीको सईको बढुवा भएको छ।बढुवा सिफारिस समितिले ७३ जना सईहरुको इन्सपेक्टरमा बढुवाका लागि सिफारिस गरेको छ।२०६० सालमा भर्ना भएका सईहरुको बढुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।६० सालमा भर्ना भएका १ हजार ६१ जनामध्ये उत्कृष्ट ७३ जनालाई बढुवाका लागि सिफारिस गरिएको उच्च प्रहरी स्रोतले जानकारी दियो ।राजेन्द्र थापा, भुवनबाबु खड्का, अमृत बस्नेत, रेशम आर्चाय लगायतका सईहरु बढुवा सिफारिस समितिमा परेका छन् ।बढुवा सिफारिस समितिले आजै जवानबाट हवल्दारका लागि ४०० जनाको नाम टुंगो लगाएको छ ।केही दिनभित्रै इन्सपेक्टरबाट डिएसपीको पनि बढुवा हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।सर्वेन्द्र खनाल आइजिपीमा नियुक्त भएपछि उनले तल्लो दर्जाको बढुवा जाम खुलाएका हुन् ।खनालले सबैभन्दा बढी योजना चाहिने भनेकै प्रहरी जवान र हबल्दार लागि हो, भनेका छन् ।नेतृत्व तहमा रहेर माथिमाथिको मात्र नहेरी तल काम गर्ने ती प्रहरीमा केन्द्रित रहने खनालले बताएका छन् ।बुट बजारेर परिवार नभनि दिनरात खट्ने समूह प्रहरीमा ठूलो भएको भन्दै खनालले त्यसलाई मुटुमा राखेर काम गर्ने बताएका छन् ।

No comments: