आफ्नो बाख्रालाई आक्रमण गर्न आउने बाघसँग केवल लौरोको सहाराले जुधेकी रूपाली मस्राम नाम गरेकी एक भारतीय युवतीको विश्वभर चर्चा भइरहेको छ।
बाघसँग लडेकी ती युवतीको ज्यान जोगिनु नै सबैभन्दा अचम्मको विषय रहेको चिकित्सकहरूलाई उधृत गर्दै बीबीसीले लेखेको खबर आजको नागरिक दैनिकमा छापिएको छ। त्यहाँ पुगेपछि उनले लौरो उठाउर बाघलाई हिर्काएपछि बाघले उनीमाथि नै आक्रमण गरेको थियो। छोरी बाघसँग जुधिरहेको देखेपछि मेस्रामकी आमाले उनलाई तानेर घरभित्र लगेकी थिइन्।
बाघको आक्रमणमा परेका बाख्रा कराएको सुनेपछि २३ वर्षीया रूपाली मेस्राम भारतको पश्चिमी राज्य महाराष्ट्रस्थित आफ्नो घरबाट दौडिएर बाख्रा भएको ठाउँतिर गएकी थिइन्।
छोरीलाई बचाउन गएकी मेस्रामकी आमा पनि बाघको आक्रमणमा परी गम्भिर घाइते भएकी छन्। बाघको आक्रमणमा परी आमा–छोरी दुवै सामान्य मात्र घाइते भएको र अहिले अस्पतालबाट डिस्चार्ज भइसकेको बताइएको छ। घटना गत साता भएको भएपनि समाचार बुधबारमात्रै बाहिरिएको थियो। बाघको आक्रमणमा घाइते भएकी मेस्रामको उपचारमा संलग्न चिकित्सकले उनको साहसलाई उदाहरणीय भएको भए पनि बाघले सख्त घाइते बनाउन नपाएकाले उनी भाग्यमानी भएको बताएका छन्।
बाघको आक्रमणमा परेको बाख्रा बचाउन आफ्नो ज्यान नै दाउमा राखेपनि बाख्रा भने नबाँचेको बिबिसीले उल्लेख गरेको छ। बाघको आक्रमणमा परेपछि घाइते भएकी मेस्रामले रगतै रगत भएको आफनो सेल्फी लिएकी थिइन्।
बाघसँग लडिरहेकी छोरीलाई सुरक्षित स्थलतर्फ लगेकी जिजाभाई बाघको ठ्याक्कै अघि परेकी थिइन्। बाघले उनलाई पनि आक्रमण गरेको थियो। तर अहिले उनको घाउ पनि निको भइरहेको छ। मेस्राम र उनकी आमाले बाघका बारेमा बन सुरक्षाकर्मीलाई जानकारी गराएपनि ३० मिनेटपछि उनी आउँदा बाघ उक्त क्षेत्रबाट गइसकेको थियो।बाघको आक्रमणका कारण मेस्रामको टाउको, कम्मर, गोडा र हातमा चोट लागे पनि ती साधारण रहेको र पूर्ण निको हुने क्रममा रहेको चिकित्सकलाई उधृत गर्दै बिबिसीले जनाएको छ। टाउकोमा चोट लागेको कारण उनको सिटी स्क्यान गरिएको र चिकित्सकको निरीक्षणमा राखिएको छ। ‘मलाई लाग्यो मेरी छोरीको ज्यान जाँदै छ,’ उनकी आमा जिजाभाईलाई उधृत गर्दै बिबिसी हिन्दीले उल्लेख गरेको छ।
रगतपिच्छे भएर आफ्नी छोरी साधारण लौरोले बाघसँग लडिरहेको देख्दा आफू अत्यन्तै त्रसित भएको पनि मेस्रामकी आमाले बताएकी छन्।
No comments:
Post a Comment