यस्तो छ दर्शक रोमाञ्चित पार्ने ‘जुरासिक वर्ल्ड: फलन किङडम’को ट्रेलर - Sital Chautari .com

ताजा अपडेट



Friday, April 20, 2018

यस्तो छ दर्शक रोमाञ्चित पार्ने ‘जुरासिक वर्ल्ड: फलन किङडम’को ट्रेलर

विश्व चर्चित ब्ल्कबस्टर फिल्म ‘जुरासिक वर्ल्ड’को सिक्वल ‘जुरासिक वर्ल्ड: फलन किङडम’को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक भएको ट्रेलर एकदमै रोमाञ्चक र दर्शकलाई सिरिङ्ग पार्ने किसिमको रहेको छ।

यस अमेरिकी साइफाइ फिल्मलाई जे. ए. बायोनाले निर्देशन गरेका हुन्। फिल्ममा क्रिस प्राट, ब्रेस डल्लास हवोर्ड, बि. डि ओङ, जेम्स क्रोमवेल आदिको मुख्य भूमिका रहेको छ। फिल्म जुन २२ मा रिलिज हुनेछ।
फिल्म सन् २०१५ मा रिलिज भएको सोही नामको फिल्मको सिक्वल हो।
रिलिज भएको १२ घण्टाको अवधि संसारका अंग्रेजी फिल्म हेरिने देशहरू ट्रेलर सामाजिक भिडियो सेयरि. साइट यूट्यूबको ट्रेन्डिङमा पर्न थालिसकेको छ। फिल्मको अघिल्लो श्रृखंलाले विश्वव्यापीरूपमा ब्ल्कबस्टर व्यापार गरेको थियो।

No comments: