
अभिनेता ज्याकी श्राफले आफ्ना अभिनेता छोरा टाइगर श्राफले सानो उमेरमा नै बलिउडमा पाएको सफलताबाट आफूले गौरव महशुस गरिरहेको बताएका छन्। ‘हिरोपन्थी’, ‘बागी’ तथा ‘बागी’ जस्ता फिल्मको लोभलाग्दो सफलताले टाइगरलाई बलिउडमा पछिल्लो पुस्ताका पैसा कमाउन सक्ने कलाकारका रूपमा उभ्याउन थालेको छ।
छोराको सफलतमा खुशी भएका ज्याकीले आफ्नो छोरा ‘बागी २’को रिलिज अघि फिल्म कस्तो हुने हो भनेर अत्यन्त चिन्तित रहने गरेको पनि खुलासा गरे। टाइगर अभिनित ‘फ्लाइङ जट’ तथा ‘मुन्ना माइकल’ वक्सअफिसमा फ्लप भएका थिए।‘बागी २’ ले हालसम्म विश्वव्यापीरूपमा २४३ करोड भारू कमाइसकेको छ।ज्याकीले ‘बागी २’ सफल भएपछि मात्र छोरा टाइगर राम्ररी सुतेको खुलासा गरे।
‘उसले आफू लामो समयपि राम्ररी सुतेको बतायो। यसअघि उसले कहिल्यै यस्तो कुरा गरेको थिएन। त्यसकारण पनि मेरो छोराको फिल्म सफल बनाउन सहयोग गर्नै सवैलाई धन्यवाद’, ज्याकीले थपे।
No comments:
Post a Comment