बार्सिलोना । लियोनेल मेस्सीको ह्याट्रिकको मद्दतले बार्सिलोनाले ला लिगामा लेगानेसलाई ३–१ गोलअन्तरले पराजित गरेको छ । जीतसँगै बार्सिलोनाले ला लिगामा लगातार ३८ खेलमा अपराजित यात्राको किर्तिमान बराबरी गरेको छ । यसअघि, रियल सोसिडाडले सन् १९७८–१९७९ र सन् १९७९–९८ सिजनमा लगातार ३८ खेल अपराजित यात्रा तय गरेको थियो । मेस्सीले ३० यार्ड टाढाबाट फ्रिकिक मार्फत गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । योसँगै सन् २००६–०७ सिजनपछि एउटा ला लिगा सिजनमा डाइरेक्ट फ्रिकिकबाट ६ वटा गोल गर्ने पहिलो खेलाडी बनेका छन् । त्यस्तै, लगातार ६ वटा खेलमा डिबक्स बाहिरबाट गोल गर्ने उनी पहिलो खेलाडी पनि बनेका छन् । त्यसपछि फिलिपे काउन्टिन्होको पासमा मेस्सीले अग्रता दोब्बर बनाए । नबिल एल जाहरले लेगानेसलाई एक गोल फर्काएपनि मेस्सीले ओसमान डेम्बेलेको पासमा गोल गर्दै आफ्नो करियरको ४५ औँ ह्याट्रिक पूरा गरे । अब अपराजित रहँदै ला लिगाको सिजन अन्त्य गर्न बार्सिलोना सात खेलमात्र पर रहेको छ । जीतसँगै दोस्रो स्थानमा रहेको एथ्लेटिको म्याड्रिडभन्दा बार्सा १२ अंकले अघि रहेको छ । रियल र एथ्लेटिको आज भिड्दैछन्

No comments:
Post a Comment