मंहगो कार चढ्ने सेलिब्रेटी बने दीपक राज गिरी, यस्तो छ ८० लाखको कार - Sital Chautari .com

ताजा अपडेट



Tuesday, May 8, 2018

मंहगो कार चढ्ने सेलिब्रेटी बने दीपक राज गिरी, यस्तो छ ८० लाखको कार


काठमाडौं । दीपक राज गिरी नेपाली कला क्षेत्रमा सफल कलाकारको रुपमा गनिन्छन्। अभिनय क्षमतामा मात्र नभएर उनले आर्थिक हिसाबले पनि ठूलो फड्को मारेका छन्।
हाँस्यकलाकारबाट कला क्षेत्रमा लागेका दीपक ठूला पर्दाका चलचित्रमा नायक सम्म बनिसकेका छन्। उनी पटकथा लेखक, निर्देशक, निर्माता समेत हुन् । यो सफलतामा उनले आफ्नो एउटा खुशी थपेका छन्। दीपक राज गिरी महंगा गाडी चढ्ने सेलिब्रेटीमा परेका छन्।
किनकी उनले ८० लाखको कार लिएका छन्। कार देखेर दीपक दङ्ग छन्। जितु नेपाल भने दीपकको सामान किन्ने तर जतन नगर्ने बानी भएतापनि यो कारको लागि उनले आफ्नो बानी सुधार्नेछन् भन्ने आशामा छन्।
नेपाली हाँस्यकलाकारिता क्षेत्रमा कलाकारहरुले पछिल्लो समयमा नाम मात्र नभएर दाम समेत कमाएका छन् । केदार घिमिरे ( माग्ने बूढा)ले एक फिल्मको लागि १० लाख पारिश्रमिक लिएपछि हाँस्यकलाकारहरुको पारिश्रमिक रेट झन् बढेको छ । उनीहरु साँच्चै एक सेलिब्रेटीको जस्तो उच्च जीवनशैली बाँच्न सक्षम भइरहेका छन्।

No comments: