छोरी सोनमको बिहेमा यसरी नाचे अनिल कपुर - Sital Chautari .com

ताजा अपडेट



Tuesday, May 8, 2018

छोरी सोनमको बिहेमा यसरी नाचे अनिल कपुर


मुम्बइ। बलिउड अभिनेत्री सोनम कपुर दिल्लीका व्यवसायी आनन्द आहूजासँग बिहे गर्दैछिन् । उनीहरुको बिहे भोलि हुने कार्यक्रम छ । रिपोर्टका अनुसार हिजो आइतबार सोनमको मेहन्दी सेरेमनी आयोजना गरिएको थियो । आफ्नै घरमा भएको यो कार्यक्रमको भिडियो सार्वजनिक भएको छ ।
एक भिडियोमा सोनम आफ्ना हुनेवाला पति आनन्द आहूजासँग डान्स गरिरहेकी देखिएकी छिन् । अर्कोतर्फ उनका पिता अनिल कपुर पनि डान्स गरिरहेका देखिएका छन् । रिपोर्टका अनुसार उनको संगीत सेरेमनी होटल लीलामा हुने बताइएको छ ।

No comments: