अनि छोरीको उपचार गर्न जाँदा डा. उपेन्द्र देवकोटाले सोधे ‘काठमाडौँमा तपाईँको कति रोपनी जग्गा छ ? - Sital Chautari .com

ताजा अपडेट



Monday, May 7, 2018

अनि छोरीको उपचार गर्न जाँदा डा. उपेन्द्र देवकोटाले सोधे ‘काठमाडौँमा तपाईँको कति रोपनी जग्गा छ ?



आजभोलि एकथरी मान्छेहरु डक्टरहरुलाई मान्छे मार्ने लाइसेन्स लिएको समाजको एक कलंकित वर्गको हिसावमा चित्रण गर्न व्यस्त रहेका छन् । डक्टरलाई समाजको सबैभन्दा अब्बल नागरिकको हिसाबमा पनि यही समाजले राखेको छ र हो पनि ।
आफू र आफन्तिलाई शारीरिक अप्ठ्यारो पर्दा यिनै डक्टर गुहार्ने नागरिकहरु किन तिनै डाक्टहरुको पेशालाई अपव्याख्या गरिरहेका छन् ? यो विषय वस्तुलाई गहन रुपमा अध्ययन गर्न जरुरी देखिन्छ । पहिला पहिला उपचारको क्रममा विरामीको मृत्यु भए अस्पतालको नाम मात्र मुछिने गर्दथ्यो तर प्राइभेट अस्पतालहरुले आफ्नो अस्पतालको गरीमा र लोकप्रियता नघटोस भनेर उपचारको क्रममा मृत्यु भएका विरामीका आफन्तलाई गुपचुप रुपमा दिने गरेको आकर्षक मोटो रकमले गर्दा विरामीका आफन्तहरु सके विमारी ठीक पारेर लाने नभए दिवंगत मान्छेको ठाउँमा पैसा लिएर जाने सम्मको मनस्थिति लिएर अस्पताल आउने गरेको पनि पाइयो ।
यसले गर्दा पहिला अस्पतालमा मुछिने केसहरुमा आजभोलि सम्बन्धीत डक्टहरुलाई नै प्रत्यक्ष रुपम मुछ्न थालियो र चिकित्सकहरुको न्यायालयसम्म जानपाउने ढोका बन्द गरियो । साथै आक्रोशित भिड र अस्पताल प्रशासनको निर्णयलाई सर्वोपरी ठानेर बस्न पर्ने बाध्यता देखियो । जति खर्च गरेर पढेपनि सरकारी तलवबाट जीवन व्यवहार धान्न मुस्किलमा रहेका डक्टहरु प्राइभेट अस्पतालसँगको सम्बन्ध तोड्न सक्ने क्षमता राख्दैनन् । किनकी उनीहरुले समाजले दिएको अब्बल दर्जाको नागरिकको पदावलिको पनि सुरक्षा गर्नुछ । एउटा डक्टरले सामान्य मान्छे भन्दा फरक देखिनु पर्ने बाध्यता यही समाजले पारेको छ । खानपिन, लवाई खवाईसाथै यातायातको उपयोग पनि फरक किसिमले गर्नुपर्ने हुँदा समाजले दिएको अब्बल दर्जालाई जोगाउन पनि डाक्टरलाई मुस्किल देखिन्छ ।
प्रसंग बदलौँ, के डक्टरहरु साच्चै जानी जानी मान्छे मार्छन् ? अरु देशहरुमा मानव अंगको चोरीको शिलशिलामा यस्ता घटना घटेपनि नेपालमा त्यस्तो सम्भावना छैन ।
डक्टरलाई आफ्नो बिरामी मारेर के फाइदा हुन्छ ? के उसले पैसा कमाउँछ ? अहँ कमाउदैन । के उसले समाजमा इज्जत कमाउँछ ? कमाउँदैन । अनि किन डक्टरलाई हामी त्यो आरोप लगाई रहेका छौँ ? डक्टर पनि हामी जस्तै एउटा मानिस हो तर हामीमा भन्दा उसमा अध्ययन र तालिमले गर्दा एउटा बिरामीलाई बचाउने प्रयास गर्दछ । डक्टर पनि मान्छे हो उसको पनि मानवीय त्रुटि हुन सक्छ । कोही मान्छे मुर्तिकार छ भने उसले बनाएको सबै मुर्तिहरु मुर्ति नवन्न सक्छन् । एउटा कुमालेले बनाउन लागेको माटेले सधैँ राम्रो घैँटो नवन्न पनि सक्छन् कहिलेकाहीँ विग्रन पनि सक्छ । त्यस्तै डक्टहरुका उपचार र सर्जरीमा पनि त्यो लागू हुन्छ । डक्टरले पनि आफ्नो सिपको भरपुर प्रयोग गर्ने मात्र हो । एउटा डक्टरको एउटा असफलताले उसको हजारौँ सफलतालाई निमिट्यान्न पार्नु कत्तिको जाहेज हुन्छ ? यो विषयमा मनन गर्नै पर्ने हुन्छ ।
कुनै दिन यो पङ्क्तिकार आफँै पनि आफैँले जन्माएकी छोरी मारिदिए हुन्थ्यो भनेर डक्टरकोमा पुगेको थिएँ । छोरीको रोगको जटिलता र मेरो आर्थिक अवस्थाले गर्दा मलाई त्यस्तो सोच्न बाध्य बनाएको थियो । मेरो छोरीमा संसारमै विरलै देखिने भेन अफ ग्यालेन एनोरिजम देखिएको थियो । दिनानु दिन आफैँले थाहा पाउने गरेर टाउको बढि रहेको थियो । जटिलता यस्तो थियो की एनोरिजम फुट्यो भने ब्रेन ह्यामरेज भएर मर्ने र एनोरिजम फुटेन भने हर्ट अट्याक भएर मर्ने । मर्नु बाहेक मेरो छोरीको लागि विकल्प थिएन । मैले डक्टर उपेन्द्र देवकोटादेखि भारत, वेलयात हुँदै न्यूयोर्कको वोस्टर्न चिल्ड्रेन अस्पतालमासमेत इन्क्वाइरी गरे । डा. देवकोटाले त छोरीको रिपोर्ट हेर्ने वित्तिकै मलाई सोध्नु भयो काठमाडौँमा तपाईँको कति रोपनी जग्गा छ । मैले छैन भनेपनि तपाईँको यस्तै भाग्य रहेछ जस्तो पर्छ त्यही सहेर बस्नु भन्नु भयो । मैले उहाँलाई अनुनय विनय गरँे तर उहाँले अप्रेसन गर्न मान्नु भएन । मैले अन्त्यमा उहाँलाई सर मेरो छोरी यस्तै जन्मी कमसेकम तपाईँले प्रयास गर्नुस् मेरो छोरी एक्पेरिमेन्टको लागि दिन्छु किननी मेरो छोरीको कारण पछि यस्तो समस्या लिएर जन्मेको बच्चा नमर्न सक्छ । तर उहाँ मान्नु भएन । उहाँ त पुरै पैसाको खेती गर्नु हँुदोरहेछ । थाहा पाएँ । भारतमा साठी लाख आइसीको खर्च आउने भयो । न्यूयोर्क र वेलायतकाले उपचार धेरै महँगो भएकाले तपाईँ सक्नु हुन्न भने । मेरो सबै आशा र विश्वास टुटे । छोरीको दिनदिनैको अवस्था देख्दा असह्य पिडा हुन्थ्यो ।
निदाउनका लागि दिनहुँ मदिराको सेवन गर्थेँ । घर परिवार पुरै लथालिङ्ग थियो । एक दिन न्यूरो सर्जरीका अब्बल मानिएका डाक्टर गोपाल रमन शर्मा र उहाँका चेला डाक्टर के आई सिंह केसी सँग भेटँ,े झन् होस उड्यो । छोरीको केस कति जटिल रहेछ भन्ने ओटीबाट फर्कने सम्भावना नै एकदम कम, मानौँ शून्य । मैले धेरै रिक्वेस्ट गरँ,े सर कम्तिमा अप्रेशन चाहीँ गरिदिनुस् । छोरी जम्मा १४ महिनाको थिई । यस्तो समस्या भएका बच्चा यो उमेर सम्म बाच्नु पनि अचम्म हुँदो रहेछ । अन्त्यमा उहाँहरु राजी हुनुभयो तर अप्रेशनमा प्रयोग हुने सामान र डक्टर चीनबाट मगाउनु पर्ने भयो । म केमा खुसि भएँ भने छोरी त वाँच्दिन तर छोरी मरेपनि समाजले उपचार विना मार्याे भन्ने कलंक चाहिँ मेटिने भयो । डा.शर्मा, डा के सीले चीनवाट डाक्टर र सामाग्री मगाउनु भयो, टोलीसहित डाक्टर शर्मा, डाक्टर केसी साथै डा. पपन शुल्तानिया, डा. प्रकाश विष्ट लगायतको टोलिले करिब १६ घन्टा लगाएर अप्रेशन गर्यो ।
छोरीको भाग्य बलियो, डाक्टरहरुको मिहिनेत बलियो । अचम्मै भयो, चमत्कारै भयो । मेरो छोरी बाँची । न्यूरो सर्जरीमै चमत्कार भयो । सम्पूर्ण मिडियाहरुको कभरेजमा न्यूज बन्यो । यो सन् २०१३ को जनवरी महिनाको कुरा थियो ।
छोरी अहिले ६ वर्षको भई । युकेजीमा पढ्छे दिमाग पनि अचम्मको छ । चाइनिज प्रोफेसरले चाइनिज नाम राख्छु भनेका छन् । अलि अगाडि नेपाल आउँदा भटेर गएका थिए । डाक्टर शर्मा र डाक्टर के सी सँधै सोध्नु हुन्छ ।
र अन्त्यमा ,यो बिषय बस्तु मैले किन उठाएँ भने डाक्टरले मानवीय गल्ती गरे पनि संसारमा एकाध नियत बस घटना घटेपनि नेपाली डाक्टर हरुले जानिजानि मान्छे मार्दैनन् । समाजको अब्बल नागरिक करोडौँ खर्च गरेर त्यसपछि पनि अथक मिहिनेत पछि कमाएको इज्जत, मान, प्रतिस्ठा, घर, परिवार, समाज कसरी जानिजानी लहडको भरमा तोड्न सक्छ त्यसैले म त डाक्टरको सम्मान गर्छु, तपाहरु पनि आउनुहोस् हातेमालो गरौँ ।

No comments: