काठमाण्डौ
आर्थिक अवस्था कमजोर भएकी छात्रा सम्झना मगरलाई कृर्षि विज्ञान स्नातक तह अध्ययनको लागि संकलित सहयोग रकम हस्तान्तरण गरिएको छ ।सिन्धुली भिमान १३ स्थायी घर भई हाल काठमाण्डौमा डेरा गरि बस्ने सम्झना मगरलाई नेपाल मगर महिला संघ केन्द्रिय समतिको अध्यक्ष विनिता आले मगरको संयोजन तथा बाग्लुङ मगर समाज, मगर समाज सेवा केन्द्र ललितपुर, रोयल सहकारी संस्थाका महाप्रबन्धक, व्यवसायी तथा समाजसेवी कृष्ण थापा मगर, पर्यटन व्यवसायी तथा समाजसेवी नन्द पुन मगर, उत्तर गँगा सहकारी संस्था तथा विभिन्न मगर व्यक्तिहरुबाट संकलित रकम १ लाख २१ हजार ५ रुपैँया आज हस्तान्तरण गरिएको हो ।
सम्झना काठमाण्डौको बुढानिलकण्ठ स्कुलमा नर्सरी देखि नै अध्ययन गरेकी हुन् । उनको पारिवारिक आर्थिक अवस्था निकै नाजुक भएकाले एक संस्थाले उनलाई पढाउन सहयोग गरेको थियो । कृषि विज्ञानको स्नातक तहमा आंशिक छात्रवृत्तिमा नाम निकाले पनि उनका बाबा विरामी र आमाले घरेलु ज्यालादारी काम गर्दै उनलाई पढाउने क्षमता नभएकाले सहयोगको लागि अपिल गरिएको थियो ।
सम्झनाका शिक्षिका निनुलाल कर्णले सम्झना सानै देखि निकै नै मिहिनेती र जेहन्दार भएकाले उनले आफ्नो आगामी अध्ययन पनि राम्रो गर्ने विश्वास गर्दै सहयोगी सम्पुर्णलाई धन्यवाद दिनुभएको थियो ।
संकलित सहयोग रकम बुझ्दै सम्झनाले आफ्नो बाँकी अध्ययनको लागि गरेको यो सहयोगलाई कहिले नर्विसने र आफुले बाँकी अध्ययनलाई पनि राम्रो गर्ने र पछि समाजको लागि पनि केहि गर्ने प्रतिवद्धता व्यक्त गरेकी छिन् ।यो सहयोग सँगै सम्झनाले कृषि क्याम्पस, शुन्दरबजार लम्जुङमा विएससी एग्रीकल्चर पढ्न पाउने भएकी छिन् ।
No comments:
Post a Comment