रहेनन् लिजेण्ड नेपाली फुटबलर मणि शाह - Sital Chautari .com

ताजा अपडेट



Monday, May 14, 2018

रहेनन् लिजेण्ड नेपाली फुटबलर मणि शाह


काठमाडौँः  नेपालका पूर्व राष्ट्रिय फुटबलर तथा  नेपाली म्यारोडोनाको उपमा पाएका लिजेण्‍ड मणि शाहको  सोमबार साँझ निधन भएको छ ।
 
५१ वर्षिय शाह विगत लामो समयसम्म कलेजोको समस्याबाट पीडित शाहको उपचारका क्रममा सोमबार साँझ ५ बजेर ४२ मिनेटमा नर्भिक अस्पतालमा निधन भएको  हो ।

मङ्गलबार बिहान नौ बजेदेखि ११ बजेसम्म शाहको पार्थीव शरीरलाई अन्तिम श्रदाञ्जलीका लागि दशरथ रंगशालामा राखिने अखिल नेपाल फुटबल संघ९एन्फा० ले बताएको छ । त्यसपछि पशुपति आर्यघाटमा शाह अन्त्येष्टि गरिने एन्फाले बताएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरङ शेर्पाले नेपालका सर्वकालिक महान एट्याकिङ मिडफिल्डर शाहको निधन भएको वताए ।

सन् १९८४ देखि १९९८ सम्म लगातार १३ वर्ष नेपाली राष्ट्रिय फुटबल टोलीबाट खेलेका शाहले १० अन्तर्राष्ट्रिय गोल गरेका छन् । 

सन् १९९८ को एसियाली खेलकुदमा नेपालको झण्डा फरफराउने सौभाग्य पाएका शाह एसियाली खेलकुदमा देशको झण्डा फरफराउने अहिलेसम्म कै एक मात्र फुटबल खेलाडी हुन् । 

उनका श्रीमती र १ छोरी छन् । यसअघि एन्फाले शाहको सम्पुर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको थियो ।

No comments: