कसरी भित्र्याए गोरेले दुबईबाट ३८ क्वीन्टल सुन ? - Sital Chautari .com

ताजा अपडेट



Thursday, May 3, 2018

कसरी भित्र्याए गोरेले दुबईबाट ३८ क्वीन्टल सुन ?


वैशाख २०, काठमाडौं । साढे ३३ किलो सुन तस्करी र सनम शाक्यको हत्याबारे छानविन गर्न बनेको सरकारी टोलीले चूडामणि उप्रेती ‘गोरे’ समूहले पछिल्लो चार वर्षमा मात्र कवि ३८ क्वीन्टल सुन तस्करी गरेको खुलेको छ ।

र, यो सबै सुन दुबई र बैंककबाट त्रिभुवन अन्तराष्ट्रिय विमास्थलबाटै आउने गरेको थियो । कसरी हुन्थ्यो त तस्करी ? छानविन समितिले केही तथ्य भेट्टाएको छ ।

गोरेले दुबईदेखि त्रिभुवन विमानस्थल हुँदै व्यापारीसम्म सेटिङ मिलाएका थिए र लगातार तस्करी हुँदै आएको थियो । तर, पछिल्लोपटक साढे ३३ किलो सुन हराएपछि गोरेले केरकार गर्ने क्रममा सनमको मुत्यु भयो र तस्करीको पोल खुल्यो ।

न्युरोडमा पार्किङ शुल्क उठाउन छाडेर सुनको भरिया

छानविन समितिका अनुसार दुबईबाट सुन ल्याउने काम टेकराज मल्ल ठकुरीले गर्दै आएका थिए । उनी गोरेका दाहिने हात थिए ।

काभ्रेको देउपुर मन्डन-१२ घर भएका टेकराज पछिल्लो समयमो न्युरोडमा पार्किङको शुल्क उठाउने काम गर्थे ।

त्यसपछि बेनु श्रेष्ठको सुन पसलमा काम गर्दा उनी गोरेको नजरमा परे । उनले ‘१०/१५ दिन दुबई बसेर नेपाल आउने हो, तिमीलाई पनि राम्रो कमाइ हुन्छ’ भनेपछि काम गर्न तयार भए ।

उनले पासपोर्ट बनाए र गोरेलाई भेटेको करिव ३ महिनापछि उनी दुबई पुगे । त्यहाँ संजय खरेलले रिसिभ गरेर आफ्नो कोठामा लगे, जहाँ संजय अधिकारी र शिवकुमार गुबाजुलाई भेटे । केही बेरमा गोरे पनि आइपुगेको टेकराजको बयान ।

दुबईमा बसेको करिव १० दिनपछि उनलाई ‘नेपाल फर्की’ भनेर एउटा ब्याग दिइयो, जसमा चार किलो सुन थियो ।

उनलाई शिबानी खरेलले दुबईको एयरपोर्टदेखि नेपालको एयरपोर्टसम्म आउँदा के गर्नु हुन्छ के गर्नु हुँदैन भनी सिकाइन् ।

उनी पनि सँगै आएकी थिइन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आए चेकजाँच गर्नुअघि नै टीजी भन्ने सानु बनले त्यो ब्याग लिए । सोही दिन दिउँसो बेनु श्रेष्ठले फोन गरी आफूलाई ६० हजार दिएको टेकराजको वयान छ ।

तीन दिनपछि उनी फेरि दुबई उठे । योपटक उनले ५ किलो सुन ल्याएका थिए । सुनको ब्याग थमाउने गोरे नै थिए ।

अघिल्लो पटक जस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आएपछि सानुले त्यो ब्याग लिए । ‘त्यसपछि कहिले ७ किलो, कहिले ८ किलो बोक्दै ल्याइदिने गरेको थिए र मैले सबै भन्दा ठुलो परिमाण १६ किलोसम्म ल्याएको थिएँ’ टेकराजले आफ्नो बयानमा भएका छन् ।

No comments: