यातायात व्यवसायीले घोषणा गरेको आन्दोलनले उग्र रुप लिदै ,लामो दूरीका बस बन्द - Sital Chautari .com

ताजा अपडेट



Thursday, May 3, 2018

यातायात व्यवसायीले घोषणा गरेको आन्दोलनले उग्र रुप लिदै ,लामो दूरीका बस बन्द


२० वैशाख, काठमाडौं । सिन्डिकेट जोगाउनुपर्ने पक्षमा रहेका यातायात व्यवसायीले बिहीबार मध्यान्हबाट लामो दूरीका लागि छुट्ने बस बन्द गराएका छन्|
महासंघले भोलि सांकेतिक रपमा देशभर सबै सार्वजनिक यातायात सेवा ठप्प पार्ने कार्यक्रम घोषणा गरेको छ । महासंघका एक सदस्यकाअनुसार मध्यान्हभन्दा पछि छुट्ने सवारी भोलि सडकमै भेटिने भएकाले आजैबाट गाडी रोकिएको हो ।
‘आज ढिला छुट्ने बस राति नै गन्तब्यमा पुग्दैनन् । त्यसो हुँदा भोलिको बन्द प्रभावकारी हुँदैन । त्यसैले आज मध्यान्हपछि समितिहरुका बस छुट्दैनन्,’ उनले भने,’नाइट बसहरु चल्दैनन् ।’
नयाँबसपार्कको व्यवस्थापन गरिरहेको लोत्से बहुउद्देश्यीय प्रालिकाअनुसार विहान १ सय २० वटा बस विभिन्न लामो गन्तब्यका लागि छुटेका छन् । लोत्सेका व्यवस्थापक पंकज मल्लले केही मितिहरुले काउन्टर बन्द गरेको र केही बन्द गर्ने तयारीमा रहेको लागेको जानकारी दिए ।
मल्लले आफूहरुले समितिहरुलाई सेवा सुचारु राख्न अनुरोध गरिरहेको जानकारी दिए ।

No comments: