काठमाडौँ । नेपाली युवाका लागि रोजगारीको एउटा प्रमुख गन्तव्य हो मलेसिया । अर्धदक्ष र अदक्ष कामदार बढी लैजाने भएका कारणले पनि मलेसिया नेपालीहरूका लागि रोजगारीको एउटा प्रमुख गन्तव्य नै बनेको छ ।
हाल मलेसियामा रहेका वैध नेपालीको सङ्ख्या ५ लाखको हाराहारीमा छ । मलेसियास्थित नेपाली राजदूतावासका अनुसार अहिले पनि ५० हजारको हाराहारीमा नेपालीहरू अवैधरूपमा मलेसिया बसी कामकाज गरिरहेका छन् र नेपालबाट अहिले पनि वार्षिक करिब १ लाख नेपाली युवा रोजगारीका लागि मलेसिया पुग्ने गरेका छन् । तर मलेसिया जाने कामदारहरूले नेपालमा भने विभिन्न शीर्षकमा गरी भिसा पाउने प्रोसेसिङमै १८ हजार ६ सय ८० रुपियाँ तिर्नु परिरहेको छ ।
इमिग्रेसन सेक्युरिटी क्लिरेन्सका नाममा ३ हजार २ सय झ्वाम
मलेसियामा रोजगारीका लागि जाने कामदारहरूले अहिले नेपालमै आईएससी अर्थात् इमिग्रेसन सेक्युरिटी क्लियरेन्स गराउनुपर्ने बाध्यात्मक व्यवस्था छ । नेपालमै आईएससी अर्थात् इमिग्रेसन सेक्युरिटी क्लियरेन्स नगराएमा उनीहरू मलेसिया जान पाउँदैनन् र यही आईएससी गराउने नाममा नेपाली कामदारहरूले प्रतिव्यक्ति ३ हजार २ सय रूपैयाँ तिर्नु परिरहेको छ । महाराजगञ्जको निर्मलनिवास नजिकै कार्यालय रहेको जीएसजी सर्भिस नेपाल नाम गरेको कम्पनीले नेपालमा आईएससी गराउने ठेक्का लिएको छ

No comments:
Post a Comment