
काठमाडौं । रजनीकान्तको घरमा बम राख्ने आएको धम्कीको भारतीय प्रहरीले अनुसन्धान गरिरहेको छ । शनिबार साँझ प्रहरीलाई फोन गरेर अज्ञात व्यक्तिले रजनीकान्तको घरमा बम राख्ने धम्की दिएको थियो ।
यसबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । तमिलनाडु प्रहरीलाई फोन गरेर रजनीकान्तको घरमा बम राख्ने धम्की दिएको नम्बरबाट शनिबार नै मुख्यमन्त्री ई पलानी स्वामीको घरमा बम राखेको बताएको थियो ।
पहिलो फोन दिउँसो १ः५० बजे आएको र मुख्यमन्त्री स्वामीको घरमा बम राखेको ती अज्ञात व्यक्तिले भनेको प्रहरीले जानकारी दिएको छ । त्यसपछि मुख्यमन्त्री स्वामीको घरमा बम डिस्पोजल टीम पठाइएको थियो ।
यसको एक घण्टापछि रजनीकान्तको घरमा बम राख्ने धम्की आएको हो । कुड्डालोग जिल्लाबाट फोन आएको भएपनि धम्की दिने व्यक्तिबारे अनुसन्धान भइरहेको छ ।
No comments:
Post a Comment