राजेश हमालले भेटे बलिउड नायिका अमिषा पटेल र जयप्रदालाई - Sital Chautari .com

ताजा अपडेट



Sunday, May 6, 2018

राजेश हमालले भेटे बलिउड नायिका अमिषा पटेल र जयप्रदालाई



काठमाडौं । अभिनेता राजेश हमालले बलिउड नायिका अमिषा पटेल र जयप्रदासँग भेट गरेको तस्बिर सार्वजनिक भएको छ ।
प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका क्रममा कलाकारलाई पनि लगिएको थियो । जसमा अभिनेता राजेश र निर्देशक दिनेश डिसी थिए ।
प्रधानमन्त्री ओलीको भारत भ्रमण सम्पन्न भएको एक महिनापछि निर्देशक डिसीले सार्वजनिक गरेको उक्त तस्विरमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, अभिनेता राजेश, निर्देशक डिसी, बलिउड नायिका अमिषा, जयप्रदालगायतका कलाकार देखिन्छन् ।
प्रधानमन्त्री ओली नयाँ दिल्लीमा रहँदा राजेश र डिसीले क–कसलाई भेटे तथा उनीहरुको त्यसक्रममा कस्तो भूमिका रह्यो भन्ने सार्वजनिक गरिएको थिएन ।
तर, भारतीय नेता अमर सिंहले नेपाली कलाकारको सम्मानमा आयोजना गरेको डिनरमा सहभागी भएपछि सामूहिक खिचिएको तस्विर भने अहिले निर्देशन डिसीले सार्वजनिक गरेका हुन् ।

No comments: