
एकजना सर ले मेरी महिला अधिकारकर्मी मित्रलाई “तिमी किन जयनारी मात्रै भन्दै हिँड्छौ, किन समाजका पीड़ित पुरुषहरुको बारेमा बोल्दिनौ “ भनेर सबाल गर्नु भएछ। वहाँले उल्लेख गर्नु भएको कुरा पनि साँचो हो। यो समाजमा पुरुषहरुलाई पीड़ित बनाउने महिलाहरुको पनि कमी छैन। तर एउटा कुरा ठोकुवा गरेर भन्छु कि प्राय महिलाहरु पुरुषहरु जतिका निर्मम र निर्दयी हुँदैनन्। माफ गर्नुहोला मेरा पुरुष मित्रहरु, बुबा, काका र दाजुहरु, सबै पुरुषहरुलाई भन्न खोजेको होईन, सबै त्यस्ता हुँदैनन् । महिलालाई पुरुषहरुले जति सम्मान त महिला स्वयंले नै पनि गर्न सक्दैनन् , यो ध्रुबसत्य हो। तर यो समाजमा त्यस्ता केहि खराब नियत भएका दैंत्यहरु पनि छन् , जो पैसाको लागि आफ्नी आमासमेत बेच्न बाँकी राख्दैनन्। हो, त्यस्ताहरुको बिरुद्द बोल्दा हाम्रा केहि भाले साथीहरुको कहाँ दुख्यो मान्यवर? तपाईँहरु सर्फेस् लेभलमा आएर नबोल्नुस्, अनुसन्धान गर्नुस्, कति महिला बर्षैपिच्छे हाम्रो समाजमा पुरुषबाट बलात्कृत भैरहेका छन्, कति मारिएका लुछिएका छन् त्यस्को ग्राफ तयार गर्नुस्। आठ महिनाकी दुधे बच्चिदेखि ८० बर्षका हजुरआमाहरु समेत नछोड्ने पशुहरुलाई कारबाही गरिपाउँ भन्नु कहाँ गलत भयो महोदय? अनि सबै तिर Sabitri Subedi मात्रै पुग्नु पर्ने? वहाँलाई सहयोग गरे , आवाजमा आवाज थपे के बिग्रन्छ? यो समाजमा महिलाले सुरक्षित भएर हिँड्न पाउने कि नपाउने? गलत गर्ने जो कोहि होस् नारी या पुरुष होस् त्यस्ले जरुर सजाय पाउनु पर्छ।तर मुख्य कुरो के हो भने यहाँ त पीड़ित महिलाहरुको पक्षमा बोल्नै नहुने किसिमका कमेन्ट स्टाटस हरु देख्छु म।मलाई दुख लाग्छ कि हामी महिला र पुरुष कहाँनेर चुक्यौं, कुनबेला मनोवैज्ञानिक रुपले टुक्रियौं? समाज चलाउने दुवैथरीले होईन र? र अर्को कुरा “जयनारी ” feminist शब्द हो।तर धेरैले feminism महिलाको लागि मात्र प्रयोग हुने शब्द भनेर बुझ्नुभएको हुनसक्छ। तर त्यसो होईन ।feminism is all about equality and freedom for both man and woman! यो समाजमा हामी सबै समान भएर बाँच्न पाउनु पर्छ। यो नै फेमिनिज्म हो।वहाँ सरले उल्लेख गर्नु भएको थियो कि पुरुषलाई धंस गरेर सम्पति कुम्ल्याएर एउटी आईमाई अर्कैसँग पोईला भागिन् रे।म त भन्छु कि सरले उल्लेख गरेको कथाकी ती महिला पात्र जस्ले पुरुषलाई धंस गरेर हिडिन्, त्यहाँ पनि feminism लागु हुन्छ। किनकी त्यहाँ पनि equality छैन। पुरुष पीड़ित छन् । महिलाले गलत गर्छन् भने हामी पनि “जयनारी “भन्दै देब्रे हातले घुमाएर दिउँला नि रिंगटा छुट्ने गरी ,महिला न सहिला नि।तर कोहि लुटिईरहँदा त्यो ठाउँमा उभिएर पीडितका पक्षमा बोल्ने साथीहरुको आवाजलाई कसैले पनि दबाउने कोशिस नगर्नुस् ।यदि पुरुष पीड़ित भएभने पनि पीडक महिलाहरुलाई चौतारामा ल्याएर मरमत गरौंला नि। सम्पति कुम्ल्याएर पोइला जाने उताउलीलाई त झन् पाता कसेर हरियो चौरमा लडाउनु पर्छ । तर ति महिला किन पोईला जान खोजिन्, उनको चरित्रसँगसँगै उनका श्रीमानको उनीप्रतिको ब्यबहार ,नजरिया र हुलिया कस्तो थियो, त्यो पनि अनुशन्धानको बिषय हुनसक्छ! खै हामीलाई त आफ्नो बुढो छोडेर अरुसँग पोइला जाने रहर लाग्दैन त.! अब म जयनारी भनुँ कि जयपुरुष भनु कि चुपलागुँ?
No comments:
Post a Comment