काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नी छोरीका लागि ललितपुरको खुमलटारमा भव्य महल बनाइदिएका छन् । आफू बस्दै आएको भाडाको घर नजिकै दाहालले छोरीलाई महल बनाइदिएका हुन् झण्डै पाँच रोपनी जग्गामा रहेको सो घर आधुनिक शैलीमा निर्माण गरिएको छ । अध्यक्ष दाहाल आफू भने एकजना ठेकेदार शारदा अधिकारीको घरमा निःशुल्क बस्दै आएका छन् । ठेकेदार अधिकारी कलंकी नागढुंगाको सडक नबनाए राज्यलाई ठगी गर्दै आएका ठेकेदार हुन् । प्रचण्डले बनाइदिएको घरमा छोरी ज्वाइँहरू सरिसकेका छन् । उनीहरू हिन्दू रितिरिवाजअनुसार केही दिन अगाडि साइत हेराएर गृह प्रवेश गरेका हुन् । झण्डै १५ करोडको लागतमा बनेको घरको आलोचना सुरु भएको छ । झण्डै १५ वर्ष सशस्त्र संघर्ष गरेका प्रचण्डले आफ्नी छोरीलाई बनाइदिएको यो घरको आफ्नै कार्यकर्ताहरूले आलोचना गरिरहेका छन् । सर्वहारा जनताको पक्षमा युद्ध लडेका प्रचण्डको यो कार्यले धेरै कार्यकर्ताको मनमा ठेस पुगेको छ ।
No comments:
Post a Comment