मंगलबार काठमाडौंबाट पक्राउ गरी मोरङ पुर्याइएका गोरेलाई अपराह्न जिल्ला अदालतमा पेश गरिएको हो ।
गोरेलाई अदालतमा पेश गर्ने क्रममा सनमका परिवारले उनीविरुद्ध नाराबाजी गरेका छन् ।
‘गोरेलाई फाँसी दे’ भन्दै सनमका परिवार र आफन्तले नाराबाजी गरेका हुन् ।
तस्करीको साढे ३३ किलो सुन हराएको भन्दै गोरेले यातना दिने क्रममा सनमको मृत्यु भएको थियो ।
जिल्ला अदालत मोरङले सुन तस्करीको अभियोगमा पक्राउ परेका २८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । दुई जना भने तारेखमा छुटेका छन् ।
बहस सकिएपछि अमरबहादुर थापालाई साधारण र विष्णबहादुर खड्कालाई १५ हजार धरौटीमा छाडेको हो । अरु सबैलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
No comments:
Post a Comment