एक हजार विद्यार्थीका लागि एउटा शौचालय अनि कसरि बन्छ देश ? - Sital Chautari .com

ताजा अपडेट



Monday, May 21, 2018

एक हजार विद्यार्थीका लागि एउटा शौचालय अनि कसरि बन्छ देश ?

७ जेठ, गौशाला ।
सुन्दा नि अचम्म लाग्दो कुरा तर वास्तविक कुरा हो यो | महोत्तरीको लोहारपट्टी नगरपालिकाअन्तर्गत पर्ने रामवती जगदेव जनता माध्यमिक विद्यालय बगडामा एक हजार जनाका लागि एउटामात्रै शौचालय रहेको छ ।
लोहारपट्टी नगरपालिका–१ बगडामा सो विद्यालयमा कक्षा १ देखि १२ सम्ममा कूल ९९८ विद्यार्थी, १७ शिक्षक र दुई परिचर रहेका छन् । मा ती सबैका लागि त्यस विद्यालयमा एउटामात्रै शौचालय रहेको छ ।
विगत दुई दशकदेखि सो विद्यालयमा एउटामात्रै शौचालय रहेको छ । एउटै शौचालय भएका कारण विद्यार्थी र शिक्षकले पालो कुर्नु परिरहेको प्रधानाध्यापक श्यामसुन्दर यादवले बताए । शौचालयका लागि पटक पटक जिल्ला शिक्षा कार्यालयलाई लिखित अनुरोध गर्दैआएको उनको भनाइ छ ।
‘विद्यार्थी र शिक्षकलाई निकै समस्या हुने गरेको छ,’ उनले भने ।
ढोका फुटेको, चुक्कुल नभएको र पर्खाल जीर्ण भइसकेको सो शौचालयमा छात्रा महिनावारी भएका बेला तथा सामान्यरुपमा दिसापिसाब गर्न जाँदा समस्या हुने गरेको कक्षा १० की छात्रा विभाकुमारी यादव बताए ।
यहाँ खानेपानीको समेत अभाव छ ।

No comments: