पूजाकाे प्रसादपछि विषादी खाँदा दुई ‘मितिनी’ किशाेरीको मृत्यु - Sital Chautari .com

ताजा अपडेट



Monday, May 21, 2018

पूजाकाे प्रसादपछि विषादी खाँदा दुई ‘मितिनी’ किशाेरीको मृत्यु


गौशाला । महोत्तरी जिल्लाको बलवा नगरपालिका–१ बञ्चौरीमा सोमबार अबेर साँझ विषादी सेवनबाट दुई ‘मितिनी’ किशाेरीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बलवा नगरपालिका–१, बञ्चौरी गाउँ बस्ने राजु चौधरीकी छोरी १६ वर्षीया खुशीकुमारी चौधरी र अरुण झाकी छोरी १५ वर्षीया चाँदनीकुमारी झा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
दुवै मितिनीले सोमबार छिमेकीको घरमा भइरहेको पूजा हेरेर प्रसाद लिई घरमा आएपछि आमाले कहाँ गएको भन्दै गाली गरेपछि दुवै मितिनीले बजारमा गएर गहुँ बालीमा छर्किने सेल्फास नामक विषादी किनेर आँपको बगैँचामा गएर सोही विषादी दुवैजनाले खाँदा उनीहरुको मृत्यु भएको प्रहरी उपरीक्षक कुवेर कडायतले बताए।
दुवै मितिनी अबेर साँझ बगैँचामा बेहोस अवस्थामा फेला परेपछि परिवारजन र छिमेकीले उनीहरुलाई उपचारका लागि अञ्चल अस्पताल जनकपुरमा लगेकोमा उपचारकै क्रममा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
मृतक दुवै मितिनीको शव परीक्षणपश्चात् आज (मंगलबार) परिवारजनलाई बुझाउने प्रहरीले जनाएको छ ।

No comments: