
नेपाली चलचित्र क्षेत्रका सफल एवम युवा माझ चर्चित निर्माता सन्तोष सेनको नया चलचित्र निर्माण हुने पक्का भएको छ।‘चंखे शंखे पंखे’, ‘प्रेमगीत’ र ‘प्रेमगीत २’ जस्ता सफल चलचित्र निर्माण गरिसकेका निर्माता सन्तोष सेन पुनः नयाँ चलचित्र निर्माणमा जुटेका हुन् ।
युवा स्टार प्रदीप खड्कासँग दुई फिल्म गरिसकेका सन्तोष, यसपटक भने ६ बर्षीय नायकको भूमिकामामा आफ्नो छोरा आयूब सेनलाई डेब्यु गराउदै छन्। पारिवारिक कथामा आधारीत रहने यो चलचित्रमा जुनियर सेनलाई छोराको भूमिकामा देख्न पाईनेछ । लगातार ६ महिना देखि मण्डला थिएटरमा अभिनयको ट्रेनिङ लिरहेका सेनका छोरा ‘आयूब’ अब डेब्यूका लागि तयार भइसकेको र चलचित्र मलमास सकिए लगतै फ्लोरमा जाने निर्माता सेन ले बताए।
नाम गोप्य राखिएको चलचित्रको निर्देशकदेखि बाँकी सबै कलाकारको छनौट पूरा भइसकेको निर्माता सेनले जानकारी दिए । यतिबेला फिल्मका लागि गीत रेकडिङको काम भइरहेको छ र केहि दिनमै चलचित्रको सम्पूर्ण जानकारी गराउने सेनले बताए। उनका अनुसार, एक आमा र छोराको कथा बोल्ने उक्त फिल्म फ्यामिली ड्रामामा निर्माण हुनेछ ।
स्तरिय फिल्म निर्माण गर्ने निर्माताको सूचीमा अग्रस्थानमा आउने सन्तोष प्रदीपलाई लिएर ‘प्रेमगीत’ को तेस्रो सिरिज निर्माण गर्ने तयारीमा समेत छन् ।
No comments:
Post a Comment