डाेल्पामा यार्सा संकलकहरुकाे लर्काे - Sital Chautari .com

ताजा अपडेट



Wednesday, May 23, 2018

डाेल्पामा यार्सा संकलकहरुकाे लर्काे

डोल्पा ।  हिमाली जिल्लामा डाेल्पामा यार्सागुम्बा संकलन  गर्नेहरूकाे घुइचाे लागेकाे छ । जिल्लाका विभिन्न लेकमा यतिखेर संकलकहरूकाे लर्काे छ  ।
तर केही लेकमा भने संकलन अनुमति पुर्जी नखुल्दा लेकमा पुगेकाहरु अन्यौलमा परेका छन् ।  सामुदायिक वनले यार्चा संकलन अनुमति कहिले खुलाउँछन् ? भन्ने ठेगान छैन । तर विभिन्न लेकमा संकलकहरुको घुइचो लागि सकेको छ ।
बहुमुल्य जडीबुटी यार्सा यहाँका अधिकाँश गाउँका बासिन्दाको जीविकोपार्जन बनेको छ ।  डोल्पामा यार्सा संकलन गर्न अन्य विभिन्न जिल्लाबाट समेत आउँछन् । रुकुम, जाजरकोट, सल्यान, सुर्खेत, जुम्ला, नेपालगञ्ज, धादिङ्ग, रामेछाप लगायत जिल्लाबाट हजारौको् संख्यामा संकलनहरु लेक पसिसकेका छन्  शे फोक्सुन्डो राष्ट्रिय निकुञ्ज डोल्पाले आफ्नो बन क्षेत्र (कोर एरिया) जगदुल्ला, कागमारा, घुनासा, मालुवाचौर, पुदुवा,टाङ्गटुङ्गे, प्यारीकोक्पा, सागरपाटन लगायत लेकमा भने संकलन अनुमति खुलिसकेको छ । तर मध्यवर्ती क्षेत्रका १० वटा वनले भने अहिलेसम्म संकलन अनुमति खुलाएका छैनन् ।
संकलकहरुले मध्य भेगका, पोेखेपानी, साइक्वारी, माझघारी, चारा, बागडाडा, रुप पाटन, ठागेलेख, कोला, ताचछीन, रहलेखको ग्यालबारा, माटे पटौटी लगायतका वनमा अनुमति पर्खिरहेको छमकुनि सामुदायिक बनका अध्यक्ष सुरेन्द्र महतले बताउनु भयो ।

No comments: