
प्ररदेशी खबर/ ०६ मे, कुवेत। रामेछाप जिल्ला साविकको चनखु गाबिस वडा नम्बर २ का धन बहादुर तामाङको कतारमा असामयिक निधन भएको छ ।
रोजगारिको सिलसिलामा गत मार्च महिनामा कतार आइपुगेका ३२ बर्षिय तामाङ गत शुक्रबार राति खाना खाएर सुतेको र शनिबार बिहान मृत अवस्थामा फेला परेका थिए । मृतकको घरमा श्रीमती, दुई छोरा, आमा, बाबा एक भाई र एक एक दिदिबहिनी रहेका छन ।
शनिबार बिहानै पोस्टमार्टमका लागि तामाङको शव त्यहाँको हमाद अस्पातालमा लगिएको खबर प्राप्त भएको छ । तामाङको निधन सम्बन्धि नेपाली राजादुतावासलाई खबर गरिसकेको र पोस्टमार्टमा रिपोर्ट आए पछि शवलाई प्रकृयागतरूपले तुरून्त नेपाल पठाउन रामेछाप दोह सम्पर्क समाजका अध्यक्ष ललितकुमार तामाङले दुताबास सँग प्रतक्ष पहल गरिरहेको बताएका छन। नेपालबाट आउँदा आवश्यक बिमा गरेरै आएका हुनाले मृतकका परिवारले बिमा पाउने समेत जानकारी गराएका छन।
No comments:
Post a Comment