कोटेश्वरमा झुन्डिएको अबस्थामा फेलापरिन धनकुटाकी २७ वर्षीया बबिता ! - Sital Chautari .com

ताजा अपडेट



Sunday, May 6, 2018

कोटेश्वरमा झुन्डिएको अबस्थामा फेलापरिन धनकुटाकी २७ वर्षीया बबिता !



काठमाडौं । कोटेश्वर सूर्यकोटस्थित कस्मिक इन्टरनेसनल स्कुल नेपाली विषयकी शिक्षिका बबिता पौडेलले आफ्नै कोठामा आत्महत्या गरेकी छन् । प्रहरीले बुधबार साँझ ५ बजे झुन्डिएर आत्महत्या गरेको फेला पारेको हो । २७ वर्षीया अविवाहिता बबिताले विद्यालयनजिकैको आफ्नै डेरामा आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
नकुटा महालक्ष्मी गाउँपालिका–७ निवासी बबिताको शव पोस्टमार्टमका लागि त्रिविवि शिक्षण अस्पताल महाराजगन्जमा पठाइएको छ । उनका अभिभावक काठमाडौं आइनपुगेकाले बिहीबार पोस्टमार्टम हुन सकेन ।
प्रेम प्रसंग वा अन्य केही कारण आत्महत्या गरेको हुन सक्ने अनुमान गरिए पनि वास्तविक कारण प्रहरीले अनुसन्धान गरिरहेको छ । पोस्टमार्टमको रिपोर्टपछि मात्रै तथ्य पत्ता लाग्ने महानगरीय प्रहरी प्रभाग कोटेश्वर प्रमुख प्रहरी निरीक्षक राजु लामाले जानकारी दिए ।

सात वर्षदेखि कस्मिक स्कुलमा नेपाली विषय पढाउँदै आएकी बबिता गत १७ र १८ वैशाखका दिन सार्वजनिक बिदा सकिएपछि बुधबार विद्यालय गइनन् । विद्यालय जाने समयमा उनले आत्महत्या गरेको हुन सक्ने आशंका गरिएको छ । राजधानी दैनिक

No comments: